
'गुडबाई काठमाण्डौ'की सह-नायिका माला सुब्बाको फिल्ममा फिर्ती हुँदैछ । नविन सुब्बा निर्देशित गुडबाई काठमाण्डौ प्रदर्शनमा आइसकेको छैन । फिल्म खेलेपछि मोडलिङमा हात हालेकी सुब्बाको 'वान वे' मार्फत कम ब्याक हुन लागेको हो ।

जादुगर कलाकार महादेव त्रिपाटीले 'च...चमत्कार' नामक फिल्म निर्माण गर्ने भएका छन् । उनले यो फिल्मलाई यसअघि निर्माण गरिएको फिल्म जादुगरको सिक्वेल भन्न रुचाए । 'च...चमत्कार'ले बालबालिका र जादुगर बिचको सम्बन्धको कथा भन्नेछ । फिल्मलाई महादेव स्वयमले निर्माण एवम् निर्देशन गर्नेछन् ।

फिल्म खिच्ने क्यामेरालाई आधार बनाएर फिल्मको वर्गीकरण गर्न नहुने भन्दै नेपाल चलचित्र महासंघले सर्वोच्च अदालतमा रिट दायर गरेपछि गत साउन १ गतेबाट लागु भएको फिल्म वर्गिकरण नीति भताभुङ्ग भएको छ ।

अभिनेता राजेश हमालले देशको बाग डोर सम्हाल्ने प्रति चर्को नारा लगाएका छन् । देशको विकास गर्नु पर्ने र गरिब जनतालाई रोजगारी दिनु पर्ने भन्दै हमाल राजनीतिज्ञ प्रति आक्रोशित भएका हुन् ।

महसुशको दौडधुपले हैन । महसुशकी गौरी (केकी अधिकारी) शहरमा फैलिएको भाइरल ज्वरोको शिकार भएकी छिन् ।

भल्गर भनी प्रदर्शनमा रोक लगाइएका फिल्म प्रति सेन्सर वोर्ड खुकुलो भए जस्तो देखिन्छ । एटिएम देखि बर्बाद सम्मको सेन्सर पासले यस्तै देखाउँछ ।

