
फिल्म प्रचारमा नयाँ तरिका अपनाउन थालिएको छ । नयाँ प्रयोग स्वरुप ढुवानी युनिटले फिल्म प्रचारको लागी कार र्याली गर्दैछ । यही भदौ २२ गते भृकुटीमण्डप देखि धुलिखेल सम्म गरिने कार र्यालीमा माइती नेपाल अध्यक्ष अनुराधा कोईरालाको समेत सहभागिता रहनेछ ।

हिरो निर्माता बन्ने लिस्टमा थपिन लागेका कुसुमे रूमाल २ डेब्यू हिरो निरजले निर्माण गर्न लागेको फिल्म 'स्टुपिड मन'मा जीवन लुईटेलले मुख्य भुमिका निर्वाह गर्ने भएका छन् ।

एक महिने साँस्कृतिक युरोप यात्राबाट अभिनेत्रीद्धय नन्दिता केसी र गरिमा पन्त नेपाल फर्किएका छन् । उनीहरुले युरोपका बेल्जियम, जर्मन र हल्यान्डका विभिन्न शहरहरुमा नेपाली सँस्कृती झल्कने नृत्य प्रस्तुत गरे ।

गत वर्षहरुमा जस्तै यस वर्ष पनि अभिनेत्री रेखा थापा र अभिनेता भुवन केसी गाईजात्रे कार्यक्रममा हाँस्य व्याङ्ग्यको पात्र बनेका छन् । 'तिते जिरे मेरी बास्सै' समुहले कमलादीस्थित प्रज्ञा भवनमा गरिरहेको गाईजात्रे कार्यक्रममा रेखा र भुवनलाई राम्रैसँग छेडछाड गरिएको छ ।

मलेसियामा हुने छैठौं नेफ्टा अवार्डको लागी नृत्य प्रशिक्षण शुरू भएको छ । भदौ ११ गते मंगलबार देखि नयाँ बानेश्वर स्थित अल्फा विटा हाउसमा कलाकारले नृत्य सिक्न थालेका हुन् ।

बडा दशैंको अवसर पारेर आउँदो असोज २५ गते फुलपातीका दिन रिलिज हुन लागेको रेखा थापा निर्मित फिल्म 'काली'को अफिसियल प्रोमो रिलिज गरिएको छ ।

