अभिनेत्री नम्रता श्रेष्ठ ग्याजेटको सौखिन हुन् । विशेषगरी मोबाइलको । तर, मौन अभिनेत्री ल्यापटम कमै बोक्ने गर्छिन् । उनको साथमा सोनी एक्सपेरिया र आइफोन फाइभ मोबाइल टुट्दैन ।
नम्रताले दश वर्ष भयो मोबाइल प्रयोग गर्न थालेको । यो बिचमा उनले दर्जन भन्दा बढी मोबाइल प्रयोग गरिन् भने दर्जन जति नै हराइन् पनि । नोभेम्वर रेनको सुटिङमा जाने तरखर गर्दै गरेकी नम्रता सुनाउँछिन्- 'म मोबाइल हराउन र फुटाउन निकै अगाडी छु ।' फिल्म छड्केको सुटिङ ताका नम्रताले समासुङको सेट फुटाईन्, जुन बाहिरबाट मागाइएको महंगो सेट थियो ।
एक दशक अघि नोकिया कम्पनीको नर्मल सेट चलाएकी नम्रताले अहिले बोक्दै आएको दुइ वटै सेट भने गिफ्टेड हुन् । नम्रता भन्छिन्- 'सोनी एक्सेपेरिया दिदी र आइफोन फाइभ यामाहाबाट वर्थ डे गिफ्ट पाएकी हुँ ।' नम्रता यामाहा बाइकको ब्रान्ड एम्वेस्डर हुन् । नम्रताले बोक्ने गरेको सोनी एक्सपेरिया वाटर प्रुभ सेट हो । मेघा फिल्मकी हिरोइन उत्साहित हुँदै भन्छिन्- 'पानी परेपछि प्रायको मोबाइल पकेटमा हुन्छ । म चाहिं सोनी एक्सपेरियाले फोटो खिच्न थाल्छु ।'
.jpg)
नम्रताले मोबाइलमा खासै लामो संवाद नहुने बताइन् । प्रेमीसँग पनि ? प्रश्न गरियो । 'घन्टौं कुरा गर्ने फुर्सद कमै हुन्छ । महत्वपूर्ण विषय छ भने सबैसँग लामो कुरा हुन्छ । अहिले त भाइवर कल र वि च्याटले सजिलो गराएको छ,' नम्रताले भनिन् ।
नम्रतालाई लाग्छ मोबाइलमै उपलब्ध हुने इन्टरनेट सेवाले मानिस रियल लाइफ भन्दा टाढा छन् । पछिल्लो समय विश्वमा आएको प्रविधिको विकासले मानिसको सोच र भावना काल्पनिक हुँदैछन् । नम्रता थप्छिन्- 'तर प्रविधिलाई कसरी प्रयोग गर्ने भन्ने कुरा व्यक्तिमा भर पर्छ ।'

