
तीन फिल्म मध्ये करामत एक दिनमै ३५ मध्ये आधा जसो हलबाट उत्रियो भने ग्याम्बलरले प्रचार गरे जस्तो व्यापार गर्न सकेन । कमेडी फिल्म दुई दुना पाँच न्यून सुरुवाती व्यापारको दौडमा अगाडी रह्यो ।

स्वर सम्राट नारायण गोपालद्धारा स्वरवद्ध ‘यो सम्झिने मन छ' शिर्षकलाई सापटी लिएर फिल्म निर्माण हुने भएको छ । निर्देशक गोपाल गौतम भन्छन्- 'स्वर सम्राट नारायण गोपाल प्रति हाम्रो सम्मान हो । फिल्मको कथा माथि शिर्षक मिल्न गएकाले स्वर सम्राटको गीतबाट शिर्षक सापटी लिइएको हो ।'

कुनै औपचारिक कार्यक्रम बिना नै फिल्म उत्सवको छायाँकन प्रारम्भ गरिएको छ । स्क्रिप्ट राईटर कुमार भट्टराई डेव्यु निर्देशक रहेको फिल्मले आज आईतवार कमलादी स्थित एक डान्स बारबाट सुटिङ गर्न सुरु गरेको हो । डान्स बारको सुटिङ सेटमा फिल्मका सम्पूर्ण मुख्य पात्रले टेक दिने निर्देशक भट्टराई जानकारी गराउँछन् ।

फिल्म कलिउडको एउटा गीतमा डान्स गरेपछि पूर्व मिस नेपाल मलिना जोशीलाई पनि फिल्मी नशाले छोयो ।

सली ल फिल्मबाट नायिकाको रूपमा डेब्यू गरेकी अनिता आचार्यले शुक्रबार आफ्नो जन्मदिन मनाईन् । जन्मदिनमा प्राय: एउटा मात्र केक काट्ने गरिन्छ तर यि हिरोइनले भने एकै दिन तीन वटा केक काटिन् ।

छायाँछवि क्रियशनले विगत पाँच वर्षदेखि आयोजना गर्दै आइरहेको 'पाँचौ डि सिने अवार्ड-०७०'को पाँचौं श्रृंखला अन्तर्गत जुरीहरुले फिल्म हेर्ने कार्य शुरु गरेका छन् । नेपाल चलचित्र संघको प्रदर्शन कक्षमा जुरीहरुले फिल्म अवलोकन गरिरहेको छायाँछविले जनाएको छ ।

