
इमाडोल ललितपुरमा रहेको श्री सूर्योदय बाल विकास प्राविमा फिल्म लेखक, निर्देशक एवं कलाकार मोहन निरौलाले त्यहाँका विद्यार्थीहरुलाई बालभोजन गराएर पुण्यको काम गरेका छन् । खासगरी उक्त सरकारी विद्यालयमा इँटा भट्टामा कार्यरत मजदुरहरुका बालबच्चाहरु अध्ययन गर्ने गर्दछन् ।

आउँदो भाद्र २८ गते नेपालका हलमा रिलिज हुन लागेको फिल्म 'ढुवानी'को अष्ट्रेलियामा प्रिमियर गरिंदै छ । भाद्र २९ गते शनिबारका दिन सिड्नीमा थ्रीडी इभेन्टसले ढुवानीको प्रिमियर गर्न लागेको हो ।

टप सेलिब्रेटीको लिस्टमा रहेकी अभिनेत्री रेखा थापा म्युजिक भिडियोमा देखिन नरूचाउने सेलिब्रेटी हुन् ।

फिफा वरीयतामा नेपालभन्दा ३ स्थानमाथि रहेको पाकिस्तानसँग साफ च्याम्पियनसिप अर्न्तगतको आजको खेलमा नेपाल र पाकिस्तान भिड्दै छन् ।

अनुहार हेर्दा जति डरलाग्दो भएपनि निकै मिजासिलो स्वाभावका कुशल अभिनेता कमलकृष्ण पौड्यालले निर्देशनमा आफ्नो भविश्य खोजिरहेका छन् ।

नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले कलाकारको आफ्नै आकर्षण भएकाले राजनैतिक दलले आफ्नो पार्टीमा तान्न खोजेको बताएका छन् । पछिल्लो समय कलाकारहरू राजनीतिमा लाग्न थालेकाले अर्जुनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

