Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

शाहरुखकी डाइहार्ट फ्यान पूजा भन्छिन् - `सेक्समा माया हुनुपर्छ`

फिल्मीखबर, काठमाण्डौ, 2013/10/25

फिल्म 'थ्री लभर्स' मार्फत ठूलो पर्दामा पहिलो पटक झुल्किएकी पूजा शर्मा प्रदर्शनरत फिल्म 'मधुमास'मा हिरोइन भएकी छिन् । निर्देशक सुदर्शन थापा निर्देशित फिल्ममा पूजाले कलेज गर्लदेखि हाउस वाइफसम्मको रोल निभाएकी छिन् । पूजाको अपोजिटमा अभिनेता आर्यन सिग्देल छन् । फिल्मलाई दर्शकले मन पराउनेमा ढुक्क रहेकी पूजा शर्मासँग फिल्मीखबरले हट टक गरेको छ -

 

सेक्स बारे तपाको धारणा ?

दुई आत्माको मिलन ।

 

सेक्सलाई संस्कारले बाध्न मिल्छ ?

संस्कार आफ्नो ठाउँमा छ । तर, प्रेमी बिचको सेक्समा आपत्ती जनाउन आवश्यक छैन । सेक्समा प्रेम हुन आवश्यक छ ।

 

को देख्दा सेक्स डिजायर बढ्छ ?

देख्दै सेक्स डिजायर बढ्ने कोही भेटेकी छैन । म शाहरुख खानको डाइहार्ट फ्यान हुँ ।

तपाईको रोजाइमा प्रेमी ?

विश्वास र माया गर्ने हुनुपर्छ ।

 

पुरुषको कुन पक्ष आकर्षक लाग्छ ?

मिठो बोल्ने पुरुष आकर्षक लाग्छन् ।

 

पुरुषको मन नपर्ने पक्ष ?

झर्केर बोल्ने र मै हुँ भन्ने पुरुष मन पर्दैनन् ।

 

अहिलेसम्मकै अविस्मरणीय प्रेम प्रपोजल ?

एसएलसी दिंदा एक जना पागल प्रेमीले छातीमा सिसाले काटेका थिए । अहिले कहाँ छन् थाहा छैन ।

 

प्रेम पाउन तपाईले गरेका कुनै हर्कत ?

मलाई आफ्नो शरीर प्यारो लाग्छ । प्रेममा अहिलेसम्म हर्कत गरेकी छैन ।

 

परिवार संख्याको योजना बनाउनु भएको छ ?

म घरकी एक्ली छोरी हुँ । बढीमा २ सन्तान जन्माउँछु ।

 

आफु राम्री छु जस्तो लाग्छ ?

ऐना हेर्ला नराम्री लाग्छ । तर, अरुले राम्री छौ भन्दा खुसी हुन्छु ।