Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेदरल्यान्डमा `अनेकस` अवार्ड हुने

फिल्मीखबर, काठमाण्डौ, 2013/10/25

बजारमा फिल्म जति चल्नु पर्ने त्यती चलिरहेका छैनन् । तर, अवार्ड सम्बन्धी कार्यक्रम भने वर्षै भरी चलिरहेका छन् । फिल्म नचलेपनि फिल्मकर्मीको प्रोत्साहनका लागि अवार्ड समारोह हुनु पक्कै खुसीको कुरा हो ।

 



 

साप्ताहिक फिल्मीखबर पत्रिकाको आयोजना रहेको एचटीभी डि सिने अवार्ड यही आइतबार समपन्न हुँदैछ । चलचित्र विकास वोर्डले राष्ट्रपतिको हातबाट वितरण गर्ने भनेको राष्ट्रिय चलचित्र पुरस्कार घोषणमै सिमित छ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) ले पनि फिल्मी अवार्ड गर्ने घोषणा गरेको छ । औपचारिक कार्यक्रमका बिच अनेकसका अध्यक्ष पुष्प बरूवालले आउँदो मार्च २९, २०१४ मा नेदरल्यान्डस्थित दोश्रो 'अनेकस फिल्म अवार्ड' कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।

 

 

कार्यक्रममा बोल्दै अध्यक्ष बरूवालले भने- 'नेपाली कला र संस्कृतिलाई अन्तराष्ट्रिय बजारमा विस्तार गर्ने उद्धेश्यका साथ हामीले अवार्ड आयोजना गर्न लागेका हौं ।' फिल्म सम्वद्ध संस्थालाई साथमा लिएर अवार्ड सम्पन्न गरिने उनले बताए । अनेकस पहिलो अवार्ड २०१३ मा सम्पन्न गरिएको थियो । जहाँ उत्कृष्ट निर्देशक र उत्कृष्ट फिल्मको विधा मात्रै समावेश थिए । अध्यक्ष बरूवालले आउने अवार्डमा अन्य विधालाई पनि थप गर्ने बताए ।

 

 

अनेकसका सल्लाहाकार पुष्प थापा र टेक बहादुर कार्की तथा संरक्षाक निता श्रेष्ठले आगामी दिनमा अवार्डको स्वरुपलाई विस्तार गरिने बताए । नेपाल चलचित्र संघका अध्यक्ष राजकुमार राई, प्राविधिक संघका अध्यक्ष मनोज केसी, चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी र माइ इन्भेष्टमेन्ट ग्रुपका चियर पर्सन अनिल गजमेर लगायतले अवार्ड सफलताको शुभकामना दिए ।

 

 

कार्यक्रममा नेपाल चलचित्र प्राविधिक संघलाई अनेकसले ताम्रपत्र सहितको सम्मान गरेको थियो । वर्ष २०१३ को अवार्डमा सहयोग गरे वापत संघलाई अनेकसले सम्मान गरेको हो । सम्मान थाप्दै आगामी दिनमा अनेकससँग सहकार्य गर्ने अपेक्षा अध्यक्ष केसीले व्यत्त गरे ।