
तीजको अवसर पारेर भोली शुक्रबारबाट तीन नयाँ फिल्म वीर, जंजीर र हामी चेली देशभर एकसाथ प्रदर्शनमा आउँदैछन् । प्रचारप्रसारका माध्यमले दर्शकमाझ राम्रो छाप छोड्न नसकेका यि तीन फिल्म मध्ये दर्शकले कस्लाई छान्छन् ? फ्राईडे रिलिज पश्चात नै थाहा हुनेछ ।

गजबको संयोग ! भदौ १९ गते झण्डै आधा दर्जन फिल्मकर्मीको जन्म अवसर परेको छ । अभिनेत्री गरिमा पन्त, निर्देशक प्रशन्न पौडेल, निर्मात्री कृषा चौलागाइँ, अध्याय फिल्म डेब्यू अभिनेत्री सिम्पल खनाल तथा काठमाण्डू फिल्मकी अभिनेत्री प्राप्ति घिमिरेले आज जन्मदिन मनाउँदैछन् ।

हरिवंशले सुदुर पश्चिमका मान्छे नुन तेलमा समेत दिल्लीको भर पर्नु परेको कुरा मात्र सुनाएनन्, दिल्लीमा परिश्रम गर्न जाँदा पाएको आजीवन एचआईभी उपहार र भोकमरीको पनि कुरा गरे ।

तिहारको अवसर पारेर कार्तिक १५ गते देशभर एकसाथ प्रदर्शन हुन लागेको प्रतिक्षित फिल्म 'मधुमास'को अडियो गीत फिल्मीखबर डटकम मार्फत सार्वजनिक गरिएको छ ।

१६ वर्ष मुनिका बालबालिकाले फिल्म राजनीति हेर्न अभिभावक साथमा लिएर जानुपर्नेछ । बसन्त निरौला निर्देशित यस फिल्मलाई चलचित्र जाँच पास समितिले प्यारेन्टल गाइडेन्स (पिजी) सर्टिफिकेट दिएको हो ।

नेपालको राजनैतिक परिवेशमा आधारित रहेर निर्माण गरिएको फिल्म 'नागरिक'को फस्टलुक तयार पारिएको छ । निर्देशक विमल पौडेलले सामाजिक सञ्जाल मार्फत फिल्मको फस्टलुक सार्वजनिक गर्दै छिट्टै नै फिल्म पनि रिलिज हुने बताए ।

