Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`मिस नेपाललाई फेसनसँग नदाँज्नुस्` : अभिनेत्री थापा

फिल्मीखबर, काठमाण्डौ, 2013/10/25

नेपाली रजतपटमा प्रायः अभिनेत्रीको पृष्ठभुमी मोडलिङ, बिभिन्न ब्युटी प्याजेन्ट वा मिस नेपालको ताज हुने गरेको छ । रेखा थापा देखि नव प्रवेशी अशिष्मा नकर्मी सम्मका अभिनेत्रीको पृष्ठभुमी मिस नेपाल र मोडलिङ फिल्ड हो ।

 

झरना बज्राचार्य, माल्भिका सुब्बा, जेनिशा मोक्तान, मलिना जोशी जस्ता अभिनेत्री मिस नेपाल हुन् । नेपाली फिल्मका खेल्न गतिलो अवसर मानिने मोडलिङ र मिस नेपालको विषयलाई मुख्य कथा बनाएर अभिनेत्री शुभेच्छा थापाले 'मिस नेपाल' नामक फिचर फिल्म निर्माण गरेकी छिन् । यसअघि 'को हुँ म' नामक फिल्म निर्माण गरेकी निर्माता एवम् अभिनेत्री थापाले किन मोडलिङकै कथालाई फिल्मको विषय बनाइन् त ?

 

 

शुभेच्छाले प्रष्ट्याइन्- 'नेपाली फिल्मका हरेक कलाकारको व्याग्राउन्ड भनेको मिस नेपाल या मोडलिङ फिल्ड हो । हाम्रो आफ्नै व्याग्राउन्ड माथि किन फिल्म नबनाउने भनेर मिस नेपाल निर्माण गरेकी हुँ ।' छिमेकी मुलुक भारतमा मोडलिङको विषयलाई लिएर 'फेसन' नामक फिल्म निर्माण भएको थियो । प्रियंका चोपडा र कंगना रणावत स्टारर उक्त फिल्म सुपरहिट भयो ।

 

मिस नेपाल भारतीय फिल्म 'फेसन'बाट प्रभावित हो ? भन्ने प्रश्नमा शुभेच्छा भन्छिन्- 'यो फिल्मलाई फेसनसँग दाँज्न मिल्दैन । यो हाम्रै देशको कथामा निर्भर छ । हाम्रो आफ्नै कथालाई देखाउने प्रयास गरेका छौं ।' सुरेन्द्र तुलाधर निर्देशित फिल्ममा शुभेच्छा स्वयम् र क्षितिजा शाक्यको मुख्य अभिनय छ । अन्य मोडल सहित शुभेच्छा र क्षितिजालाई अभिनेता सविन श्रेष्ठले साथ दिएका छन् । नवल नेपालको पटकथा रहेको फिल्ममा विकास चौधरीको संगीत छ । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।