
नायिका रेजिना उप्रेती बेलायत भ्रमणमा रहेको समाचार बाहिर आउनासाथ उनलाई कार्यक्रममा सहभागी गराउन खोज्ने संस्थाहरुको लामै लाइन लागेको छ । दशैं तिहारको मौसम भएर होला यतिखेर बेलायतमा थुपै कार्यक्रमहरु भइरहेको छ ।

टेलिभिजनमा काम गर्दाको जस्तो सहजता फिल्म मेकिङमा कहाँ हुन्छ र सायद यहि भएर होला निर्देशक जनकदीप पराजुलीले आफ्नो पेशालाई पुनः यू टर्न गर्दैछन् ।

फिल्म क्षेत्र र कलाकारबारे पोखरामा बसेर समाचार लेख्दै आएका पत्रकार रेम बिक फिल्मी दुनियाँमा नायकको रूपमा डेब्यू गर्दैछन् । फिल्मीखबर डट कमका लागि पोखरा संवाददाताको साथमा बिग एफएम र आदर्श नेपाल दैनिकमा कार्यरत बिकले अभिनय गर्ने फिल्म भाईरसको बुधबारदेखि काठमाण्डौंमा छाँयाकन शुरु हुँदैछ ।


केहि तामाङ फिल्ममा अभिनय गरेकी नायिका चन्दा घिसिङ गायिका समेत हुन् । उनले आजै मात्र आफ्नो एकल एल्बमको बिमोचन गराईन् ।

एक गीतको सुटिङ बाँकी राख्दै प्रोड्यूसर फिल्मको शनिबार ईन्डक्ल्याप गरिएको छ । निर्माता संघका अध्यक्ष राजकुमार राईले निर्माण गरेको यो फिल्मलाई जनकदीप पराजुलीले निर्देशन गरेका हुन् ।