'दमदार' नामक एक्सन शैलीको फिल्मले छायाँकन प्रारम्भ गरेको छ । गौरीघाट नजिकैको बालुवाखानीबाट फिल्मको छायाँकन प्रारम्भ गरिएको हो । छायाँकनको पहिलो दिन अभिनेत्री रेखा थापाले टेक दिएकी छिन् । फिल्ममा काली रेखा अतिथि भुमिका प्रस्तुत हुने निर्देशक कमलकृष्णले बताए ।
पहिलो निर्देशन रहेको फिल्म 'रावण' छेउछाउ 'दमदार' हुने जानकारी दिदैं कमलकृष्णले भने- 'फिल्म चलाउन रेखाजीलाई छोटो तर महत्वपूर्ण भुमिकामा खेलाएका हौं ।' फिल्ममा अभिनेत्री थापाको एक्सन रोल हुनेछ । फिल्मका मुख्य पात्र सविन श्रेष्ठ हुन् । साथमा प्राण भन्दा प्यारोका डेव्यु अभिनेता श्रीराम पुँडासैनी पनि रहनेछन् । निर्देशक कमलकृष्णले फिल्मको सुटिङ ३५ दिनमा प्याकअप हुने बताए ।
चन्द्र प्रसाद गौतम निर्मित फिल्मको काठमाण्डौ सहित झापा र सिलुगुडीमा छायाँकन हुनेछ । चालिस लाख लगानी आँकलन गरिएको फिल्ममा निर्देशक स्वयमको संगीत छ । चन्द्र पन्तको फाइट डिरेक्सनमा सौरभ लामाको क्यामेरा छ । 'दमदार'को पटकथा एवम संवाद नवराज शर्माले लेखेका हुन् । यो फिल्मको नाम शुरूमा 'दश दिनमा दश करोड' राखिएको थियो ।

