गाईजात्रे कार्यक्रम होस् या फिल्म अवार्ड समारोह अभिनेत्री रेखा थापा घोचपेचको पहिलो श्रेणीमा आउने गर्दछिन् । ५ औं एचटिभी फिल्मीखबर डि सिने अवार्ड २०७० मा पनि काली अभिनेत्री थापा व्यङ्ग्यको प्रमुख पात्र बनिन् ।
कवि शैलेन्द्र सिंखडा देखि कलाकारद्धय दिपाश्री निर्रौला र दिपकराज गिरीको व्यङ्ग्यमा रेखा परिन् । कमलादीस्थित प्रज्ञा भवन प्रतिष्ठानको भवनमा दिपा रेखाको पछिल्लो फिल्म कालीमा समावेश 'स्लोली स्लोली...' बोलको गीतमा नृत्य गर्दै प्रवेश गर्दा माहोल हाँसोमय बनेको थियो ।
अभिनेत्री रेखा थापा बनेकी दिपालाई दिपकले केही प्रश्न सोधेका थिए । दिपा र दिपकले अभिनेत्री थापालाई हानेको व्याङ्ग्य हेर्न तलको भिडियोमा क्लिक गर्नुहोस् ।

