Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

निशाले भनिन्- `आइ लभ यु गजित`: जीवनले दिए रेखालाई किस

फिल्मीखबर, काठमाण्डौ, 2013/10/28

५ औ एचटिभी फिल्मखबर डि सिने अवार्डको ह्याङ सम्भवतः सातासम्मै रहनेछ । कार्तिक १० गते एकेडेमी हलमा साँझ सम्पन्न अवार्डका प्रायः झलकहरु यादगार रहे ।

 

 

फिल्म 'मायाज बार'बाट अभिनेत्री तर्फबाट क्रिटिक्स अवार्ड हात पारेकी अभिनेत्री निशा अधिकारी माइकमा निकै नै उत्साहित देखिइन् । उनले आफुलाई अवार्डको हकदार बनाएकोमा क्रिटिक्सलाई त धन्यवाद दिइन् नै साथमा मायाज बारका हिरो गजित विष्टलाई माइकबाटै 'आइ लभ यु' भनिदिइन् ।

 

निशाले क्रिटिक्स अवार्ड समात्दै माइकबाट 'आइ लभ यू गजित' भन्दा समारोहमा आश्चार्य छाएपनि गजित भने केही लजाए जस्तो देखिन्थें । मायाज बारबाटै गजितले पनि उत्कृष्ट नव अभिनेताको अवार्ड पाए । तर, उनले 'आइ लभ यु टु निशा' भने भनेनन् ।

 

 

त्यस्तै अवार्ड समारोहमा अर्को रोमाञ्चक दृश्य देखियो । उत्कृष्ट अभिनेत्री रेखा थापाको गालामा अभिनेता जीवन लुइँटेलले चुम्वन गरिदिए । जीवनले रेखालाई दिएको यो चुम्वन भने कार्यक्रम हल भन्दा बाहिर थियो । रेखा अवार्ड समारोह सकिएपछि फोटो सेसनमा व्यस्त थिइन् । फोटो सेसनमा जीवन पनि मिसिए । फोटोको पोज दिने क्रममा जीवनले रेखाको गालामा चुम्वन गरिदिए । जीवनको चुम्वनले रेखा हाँसिन् मात्रै । किस एलर्जी हुने रेखालाई जीवनको चुम्वनले एलर्जी भयो या भएन ? उनै जानुन् ।

 

डि सिने अवार्डमा ४ वर्ष देखी रेखाले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाउँदै आएकी छिन् । यस वर्ष उनले फिल्म लंका उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइन् । अभिनेता जीवन लुइँटेलले यस वर्ष सम्पन्न भएका बिभिन्न ४ अवार्ड समारोहमा आफ्नो बर्चश्व जमाए ।