Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चुनावी प्रचारमा छैनन् राजेश र करिश्मा

फिल्मीखबर, काठमाण्डौ, 2013/10/27

राजनीतिक दलले फिल्मकर्मीलाई समेत प्रत्यक्ष तथा समानुपातिक कोटामा तानेपछि यतिबेला फिल्म क्षेत्र चुनावी माहोलले तातेको छ । धेरै जसो फिल्मकर्मी आफु सम्वद्ध पार्टीलाई जिताउन जनताको घरदैलामा अभियानमा सक्रिय छन् । तर राजेश र करिश्मा कुनै पनि पार्टीको चुनावी प्रचारमा देखिएका छैनन् ।

 

उम्मेरदवारी दर्ता गराउने समयताका राजेश र करिश्मा नेपाली काङ्ग्रेसमा प्रवेश गर्ने चर्चा थियो । उद्पी यी दुई कलाकार अहिलेसम्म कुनै पनि पार्टीमा प्रवेश गरेका छैनन् । सबै पार्टीको कलाकार भएको धारणा सार्वजनिक गर्दै आएका राजेश र करिश्मालाई चुनावी प्रचारमा देख्न पाइला ? देखियो भने पनि आश्चार्य नमान्दा हुन्छ ।

 

नेपाली फिल्मका सबैजसो कलाकार कुनै न कुनै दलको चुनावी अभियानमा सक्रिय छन् । एमालेको प्रत्यक्ष टिकट गुमाएर समानुपातिकमा तानिएका भुवन केसी नेता माधवकुमार नेपालको चुनावी क्षेत्रमा प्रचार गर्न व्यस्त छन् । केही समय अघि एमाओवादीको चुनावी गीतमा कम्मर मर्काएकी अभिनेत्री रेखा थापा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईको चुनावी क्षेत्रमा जाने बताउँछिन् । पार्टीले प्रत्यक्ष टिकट दिएर पनि चुनाव लड्न नपाएको पर्सा क्षेत्रमा पनि रेखा पार्टीलाई जिताउन जाँदैछिन् ।

 

रेखा सहित संगीतकार चेतन सापकोटा, मौसमी मल्ल, राजेन्द्र खड्गी, केपी पाठक, शिवजी लामिछाने, लक्ष्मण शेष लगायत एमाओवादी पार्टीको चुनावी अभियानमा सक्रिय छन् । प्रत्यक्ष टिकट नपाएका निर्माता रोज राणा सक्रिय नदेखिएपनि अर्का निर्माता रमेशजंग रायमाझी भने चुनावी मैदानमा सक्रिय छन् । रायमाझी गृह जिल्ला मोरङ क्षेत्र नम्वर ८ बाट प्रत्यक्ष चुनाव लड्दैछन् ।

 

त्यस्तै राप्रपा नेपालबाट काठमाडौं क्षेत्र नम्वर ४ बाट प्रत्यक्ष चुनाव लड्न लागेका निर्माता उद्धव पौडलको अभियानमा दर्जनौं कलाकारले सहभागिता जनाइरहेका छन् । अभिनेता कृष्ण मल्ल देखी अभिनेत्री गरिमा पन्तसम्मले पौडेलको चुनावी अभियानमा सहभागिता जनाइरहेका छन् ।