फिल्म मधुमासको सुरुवाती व्यापार सोचे अनुरुप हुन सकेन । यद्पी निर्माण युनिटले फिल्मको व्यापार निराशको नरहेको जानकारी गरायो । फिल्म मधुमासका निर्माता बाबुराम दाहालले फिल्मको सुरुवाती व्यापार सोचे अनुरुप व्यापार हुन नसकेपनि निराशको भने नरहेको बताए ।
निर्माता दाहालले मल्टिप्लेक्स स्टेशनमा फिल्मको व्यापार सुखद रहेको जानकारी दिए । फिल्म मोफसलका आधा दर्जन स्टेशनमा मात्रै प्रदर्शन भएको छ । बाँकी स्टेशनमा यही १५ गते लाग्नेछ । फिल्मको लगानी प्रचार खर्च सहित ६० लाख बताइएको छ । सुदर्शन थापाको लगानी सहित निर्देशन रहेको फिल्ममा आर्यन सिग्देल, मनोज आरसी, पूजा शर्मा र शिवाङ्गीनि राणाको मुख्य अभिनय छ ।
मधुमासँगै प्रदर्शनमा आएको वारको फिल्मको सुरुवाती व्यापार उच्च रहेन । भट्ट ग्रुपको लगानी रहेको फिल्मले सिङ्गल थिएटरमा ठिकैको कलेक्सन गरेको बताइन्छ । मुकुन्द भट्ट निर्देशित वार फिल्ममा निता ढुङ्गाना र कृष्ण भट्टको मुख्य अभिनय छ । फिल्मको सुरुवाती व्यापारको रिपोर्ट प्राप्त हुँन बाँकी छ ।

