
दुःखद खबर ! वरिष्ठ गायक फत्तेमान राजभण्डारीको निधन भएको छ । उनको गएराति ओम अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

मिस यू पश्चात स्ट्रङ रोलमा नदेखिएकी नायिका नम्रता श्रेष्ठले अभिनय गरेको फिल्म 'मौन' लाई असोज ११ (सेप्टेम्वर २७) गते हेर्न पाइने छ । रोमान्टिक प्रेमकथामा बनेको यो फिल्मको अबधिभर नम्रता र अर्पण थापाले मौन रूपले नै आफ्नो प्रेम व्यक्त गर्ने छन् ।

लुट फिल्म निर्देशन निश्चल बस्नेतले निर्देशन गर्न लागेको सोसल कमेडी फिल्म 'टलक जंग भर्सेज टुल्के'का लाग् ऋचाले अडिसन दिएको बताईन् । फिल्मीखबरसँगको कुराकानीमा ऋचाले सुनाईन- 'पहिलो पटक अडिसन दिएँ । रेस्पोन्स पाउन २ साता नै कुर्न पर्यो ।'

अभिनेता आर्यन सिग्देलको आधा लगानी रहने फिल्म नोभेम्वर रेन मार्फत् पप सिङगर धिरज राईसँग ईन रिलेसन सिपमा रहेकी छुल्थिम गुरुङ रजतपटमा डेव्यु गर्दै छिन् । विगत एघार वर्ष देखी सिङगर राईसँग रिलेसन सिपमा रहेकी न्यू हिरोइनले आफ्नो पर्सनल लाइफ बारे भने बढी खुल्न चाहिनन् ।

आर्यन र नम्रता मुख्य अपोजिट हुने हिउँदे झरी अर्थात् नोभेम्वर रेनको आज प्रेस मिट मार्फत औपचारिक जानकारी गराइयो ।

फुलपाती रिलिज फिल्म स्टारको ट्रेलरमा अभिनेत्री सुमिना हट रुपमा प्रस्तुत भएकी छन् । यसअघि नाइन ओ क्लक र लभ फरेभरमा जस्तै स्टारमा पनि सुमिनालाई गरम रुपमा देख्न सकिनेछ ।

