Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`सिटी क्राईम`लाई चैत्र ७ गते देखाईने

फिल्मीखबर, काठमाण्डौ, 2013/11/01

रंगमञ्चबाट फिल्म निर्देशनमा जम्प गरेका अनुप बरालको पहिलो निर्देशकीय फिल्म 'फिटकिरी' चैत ७ गते प्रदर्शन हुने भएको छ । यसअघि सेक्सी फिल्म चपली हाइट निर्माण गरेका अर्जुन कुमारले उक्त मितिमा 'फिटकिरी' देशका मल्टिप्लेक्स सहित सिङ्गल पर्दामा प्रदर्शन हुने जानकारी गराए ।

 

यसअघि केही फिचर फिल्ममा समेत मुख्य कलाकारको रुपमा अभिनय गरेका निर्देशक बरालको 'फिटकिरी'लाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ । पोष्टको अन्तिम चरणमा रहेको 'फिटकिरी'मा सौगात मल्ल, दिया मास्के, शान्ति गिरी र लुट फिल्मका निर्देशक निश्चल बस्नेत मुख्य कलाकारको रुपमा प्रस्तुत भएका छन् ।

 

शहरमा हुने गुण्डागर्दीको खोजमुलक विषयलाई फिल्ममा निर्देशक बरालले मुख्य रुपमा देखाउन खोजेका छन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन छ । अर्जुन कुमार र सुमित मैनाली यस फिल्मका लगानीकर्ता हुन् ।