Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिपकको श्रीमतीको साडीमा `छ एकान छ`

फिल्मीखबर, काठमाण्डौ, 2013/10/31

रजतपटमा यतिखेर फिल्म 'छ एकान छ'लाई लिएर चर्चा छ । तीतो सत्य, मेरी बास्सै र जिरे खुर्सानी जस्ता हिट टेलिफिल्मका कलाकारको मुख्य अभिनय रहेको फिल्म कस्तो बन्ला ? व्यापार कस्तो गर्ला ? भन्ने प्रश्नको वरीपरी 'छ एकान छ' घेरिएको छ । यी प्रश्नहरुको जवाफ प्रदर्शन मिति पौष २६ गते पछि आउलान् ।

 

'छ एकान छ' युनिट यतिखेर फिल्मको प्रचारमा दिलो ज्यान दिएर लागेको छ । फिल्म युनिटका सदस्यले चढ्ने कारदेखी सभा समारोहमा समेत 'छ एकान छ'को प्रचारलाई छुटाएका छैनन् । ५ औं एचटिभी फिल्मीखबर डि सिने अवार्ड 'छ एकान छ' मय रह्यो । कार्यक्रम सञ्चालन गर्ने जिम्मा पाएका निर्देशक दिनेश डिसीले 'छ एकान छ'को सक्दो प्रचार गरे ।

 

निर्देशक डिसी लगत्तै अवार्डमा एमसी गरेका कलाकार दिपकराज गिरीले त झन् बोल्दै पिच्छे 'छ एकान छ' भन्न छुटाएनन् । दिपकले आफ्नी श्रीमतीको साडीमा समेत 'छ एकान छ' लेखेको छ भनी हाँसो गरे । तीतो सत्यकी जोडी दिपाश्री निर्रौलाको साडीमा भने 'छ एकान छ' छैन भनी दिपकले ठट्यौली गर्दा कार्यक्रम हाँसोमय बन्यो ।