
कार्तिक ८ गते रिलिज मिति तोकिएको फिल्म 'वार'को भिडियो गीत सार्वजनिक गरिएको छ । मानव सुवेदीले संगित भरेको उक्त गीतमा अभिनेत्री निता ढुंगानासँग अभिनेता बिराज भट्टका भाई कृष्ण भट्टले अनस्क्रिन रोमान्स गरेका छन् ।

करिब पन्ध्र वर्ष अघि प्रदर्शनमा आएको फिल्म आगोको सिक्वेल निर्माण हुने भएको छ । आगो निर्माण गर्ने किसान पोखरेलले नै 'आगो २'लाई निर्माण गर्न लागेका हुन् ।

फोक्सोको क्यान्सरका कारण गए राती निधन भएका बरिष्ठ गायक फत्तेमान राजभण्डारीको मंगलबार पशुपति आर्यघाटमा अन्तिम् संस्कार गरिएको छ ।

फ्राइडे रिलिज बलिउड फिल्म ग्रान्ड मस्तिका कलाकारले नेपाली दर्शकलाई सम्बोधन गरेका छन् । कमेडी फिल्मका मुख्य कलाकार विवेक ओराय, रितेश देशमुख र अफतावले नेपाली दर्शकलाई आफ्नो फिल्म हेर्न आग्रह गरेका छन् ।

अभिनेता जीवन लुइँटेललाई जन्मदिनको शुभकामना । व्यस्त अभिनेताले आज (भदौ २५ गते) आफ्नो ३३ औ जन्मदिन मनाउँदैछन् । मोरङ जिल्लाको विराटनगर बजारमा जन्मिएका जीवनले जन्मदिनको खास कार्यक्रम राखेका छैनन् ।

बंगलादेशको ढाकामा सन् २०१४ को जनवरी १० देखि १८ तारिखसम्म हुन गईरहेको ढाका अर्न्तराष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली फिल्म 'अन्तराल'ले पनि सहभागिता जनाउने भएको छ ।

