अभिनेता जीवन लुइटेललाई फिल्म सिसामा फोटोग्राफरको भूमिकामा देख्न सकिनेछ । यसअघि ब्ल्याकमेलमा जीवनले फोटोग्राफरको भुमिका निभाएका थिए । गोठाटारस्थित फिल्म सुटिङ स्पटमा सुट, पाइन्ट र कालो रेवनको चस्मामा सजिएका जीवनले भने- 'भूमिकालाई न्याय गर्ने प्रयत्न गरेको छु । मेरो भुमिकालाई दर्शकले मन पराउनेमा आशावादी छु ।'
फिल्म सिसाको क्यारेक्टर बारे जीवनले अरु कुरा गोप्य राख्न चाहे पनि निर्देशक आरवीके शरदले भने जीवन सहित फिल्मका अन्य कलाकारको भूमिका खोलिदिए । निर्देशक शरदका अनुसार तीन हिरो जीवन लुइटेल, निर्मल सेन्चुरी र दिपेश भण्डारीले हिरोइन रागिनी खड्गीलाई मन पराउँछन् । यसबारे मोडल रागिनी अनभिज्ञ हुन्छिन् । रागिनीलाई जीवनले सेक्स, निर्मलले पैसा र नव नायक भण्डारी भने मायाको नजरबाट हेर्छन् । यी तीन मध्ये सिसामा मोडल बनेकी रागिनी कस्को हुन्छिन् ? निर्देशकले रहस्य खोल्न चाहेनन् ।
गोठाटारको सान वैक्यटमा मिस राजधानी २०१३ नाम दिएर सिसाको छायाँकन गरिदैं थियो । जहाँ अन्य मोडलसँगै रागिनी खड्गीले उक्त प्रतियोगितामा क्याटवक गर्दै थिइन् । रागिनीले डेव्यु फिल्म प्लानमा पनि मोडलकै भुमिका निभाएकी थिइन् । जुन भुमिका सिसामा पनि दोहोरिंदै छ । रागिनीले सुनाइन्- 'फिल्ममा म नै मुख्य लेडिज पात्र हुँ ।' निर्मल सेन्चुरीले सिसाको भुमिका बारे यसरी सुनाए- 'फिल्ममा मलाई दर्शकले लभर व्यायको रुपमा देख्न सक्नुहुनेछ । भुमिकालाई मिहेनत गरेको छु । दर्शकको मायाको अपेक्षा गर्दछु ।'
सुटिङमा निकै नै व्यस्त देखिने निर्देशक कमल राईले नृत्यमा फरक स्वाद दिने प्रयास गरेको बताए । सिसाको छायाँकन सकिएको छ । फिल्ममा मधुसुदन ढकाल र महेश ढुङ्गेलको संयुक्त लगानी रहेको छ भने लक्की सिटौला र मनोज सिंह फिल्मका संगीतकार हुन् । कुमार बखतीको छायाँकन रहेको फिल्ममा अष्ट महर्जनको द्धन्द्ध निर्देशकलाई देख्न सकिन्छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

