Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

राजेश हमालको भाइटिका नेपालमै

फिल्मीखबर, काठमाण्डौ, 2013/11/01

अभिनेता राजेश हमालको दशैं प्रायः अमेरिकामा हुने गर्दथ्यो । यस वर्षको दशैं कतारका नेपालीसँग मनाएका हमालले यस वर्षको भाइटिका नेपालमै लगाउने भएका छन् ।

 

सहयोगी दिपेन्द्र महतोका अनुसार राजेशले यस वर्षको भाइटिका नेपालमै रहेकी आफ्नी डाक्टर दिदिको हातबाट लगाउनेछन् । महतो भन्छन्- 'तिहार लगत्तै हुने फिल्मको सुटिङ र नाटक रिहर्सलले गर्दा उहाँ तिहारमा अमेरिका नउड्ने जस्तो देखिएको छ ।' राजेश कुनै कुनै बर्ष तिहारमा दिदी र बहिनीको हातबाट टिका थाप्न अमेरिकामा पुग्ने गर्दथे । अमेरिकामा राजेशका दिदी र बहिनी चिकित्सा पेशामा आवद्ध छन् ।

 

अभिनेता हमाल यतिखेर झम्सीखेलस्थित एक्टर्स स्टुडियोमा कोर्ट मार्सल शिर्षकको नाटक रिहर्सलमा व्यस्त छन् । सेना संगठन भित्र हुने जातिय विभेदको नाटकलाई अनुप बरालले निर्देशन गर्दैछन् । हमालले यही वर्ष २०७० भित्रै बिहे गर्ने बताउँदै आएका छन् ।

 

एक अन्र्तक्रियामा जीवनको सबैभन्दा ढोंगी नाता बिहे भनी बिहेलाई परिभाषित गरेका राजेशको बिहे यही वर्ष भित्र हुनेमा भने धेरैले शंकाको नजरले हेरेका छन् । धरानकी मधु भट्टराइलाई राजेशकी प्रेमीकाको रुपमा हेरिएको छ ।