Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

महिला फिल्मकर्मीको खोजी

फिल्मीखबर, काठमाण्डौ, 2013/11/01

के तपाईं कुशल फिल्मकर्मी बन्ने चाहना राख्नु भएको छ ? यदि छ भने क्याराम्रो डट कमले महिलाहरूका लागि फिल्मकर्मी बनाउने अभियान लिएर आएको छ जसमा तपाईं आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ ।

 

 

मोडल तथा कलाकारहरुलाई पोर्टफोलियो प्रदान गर्दै आएको क्याराम्रो डट कमले 'फिल्ममा महिलाको अभियान' सम्बन्धी फोटो प्रतियोगिता शुरु गरिरहेको छ । पर्दाभित्र र पर्दा पछाडि महिलाहरुको सहभागिता बढाउनका लागि आयोजना गरिएको यस प्रतिश्पर्धात्मक अभियानमा महिलाहरुको समावेश गराउने उद्देश्यले फेसबुकमा फोटो कन्टेष्ट गरी अगाडि बढाईंदै छ ।

 

ओस्कार इन्टरनेशनल कलेज अफ फिल्म स्टडिजको सहकार्यमा शुरू गरिएको यस अभियानको फेसबुक फोटो कन्टेष्टमा सहभागी मध्ये १०० जनालाई समावेश गरी ओस्कार कलेज अफ फिल्म स्टडिजले फिल्म वर्कशप निःशुल्क प्रदान गर्ने कार्यक्रम संयोजक प्रतिमा श्रेष्ठले फिल्मीखबरलाई जानकारी गराईन् । यस वर्कशप पश्चात अडिसन गरी एकजना उत्कृष्ट प्रतिस्पर्धीलाई ओस्कार कलेजले ४,००,०००।– को छात्रवृत्ति प्रदान गर्नेछ ।

 

यस्तै यसमध्ये एकजना उत्कृष्टलाई जीवनसाथी फिल्म्सले आफ्नो आगामी फिल्ममा अभिनयको मौका दिनेछ भने फेसबुकमा सबैभन्दा बढी 'लाईक' आएका ३ जनालाई छोटो फिल्ममा अभिनय गर्ने मौका दिईनुको साथै शारीरिक भाषा र अभिनयको प्रशिक्षण पनि दिईने बताईएको छ ।

 


 

महिलाहरुको सहभागिताले फिल्मको विकासमा ठूलो भुमिका हुन्छ भन्ने विश्वासका साथ 'फिल्ममा महिला अभियान' सम्बन्धी कार्यक्रमको आयोजना गरिएको संयोजक प्रतिमा श्रेष्ठले बताईन् । यो अभियानले फिल्म भनेको एउटा कला हो र यसको विभिन्न विधा हुन्छन् र विभिन्न विधाको अध्ययन गरिनुपर्छ भन्ने सन्देश दिने उनले बताईन् ।

 

वर्तमान समयमा नेपाली फिल्ममा नयाँ पुस्ताले आफ्नै दक्ष योग्यता अनुरुप योगदान दिंदै आएता पनि महिलाहरुलाई अझै पनि फिल्ममै आफ्नो क्यारियरको विकास गर्ने वातावरण सृजना हुन सकेका छैनन् । उच्च वर्गिय परिवारबाट त झन् महिलाको सहभागिता न्यून देखिएको छ । त्यसैले पनि हरेक वर्गका महिलाहरूलाई फिल्ममा सहभागी गराई यो क्षेत्रमा स्थापित गराउने उद्देश्य बोकेर यस किसिमको अभियान ल्याईएको श्रेष्ठको भनाई छ ।