Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`फिटकिरी`को देउसी गीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2013/11/02

अहिले देशभर तिहारको रमझम छ । झिलिमिली बत्तिसँगै गाउँदेखि शहरमा देउसी भैलोको रौनक छाउन थालेको छ । यहि तिहारको अवसर पारेर चैत्र ७ गते रिलिज हुन लागेको फिल्म 'फिटकिरी'को देउसी भैलो गीत रिलिज गरिएको छ ।
 

सौगात मल्ल, दिया मास्के, शान्ति गिरी र लुट फिल्मका निर्देशक निश्चल बस्नेत मुख्य कलाकार रहेको यस फिल्मको प्रस्तुत गीतमा भुपेन्द्र खड्काको शब्द, निर्माता अर्जुन कुमारको संगीत तथा धर्मेन्द्र सेवानको स्वर रहेको छ ।

 

शहरमा हुने गुण्डागर्दीको खोजमुलक कथा रहेको 'फिटकिरी'लाई अनुप बरालले निर्देशन गरेका हुन् । अर्जुन कुमार र सुमित मैनाली यस फिल्मका लगानीकर्ता हुन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन छ ।