Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.00/5.00)
Text size:-
+
-

कस्ले कोसँग लगाउँछन् भाइटिका ?

फिल्मीखबर, काठमाण्डौ, 2013/11/03

अभिनेत्री रेखा थापाले तीन वर्षदेखि संगीतकार एवं निर्देशक कमलकृष्णलाई भाइटिका लगाउँदै आएकी छिन् । रेखा फिल्मस्कै रावण निर्देशन गरेका कमलकृष्णलाई यस वर्ष पनि रेखाले भाइटिका लगाइदिने बताएकी छिन् । रेखाले माओवादी नेता सागर थापालाई पनि भाइटिका लगाउने गरेकी छिन् ।



त्यस्तै मेकअप म्यान सन्तु तामाङलाई पनि अभिनेत्री करिश्मा मानन्धरले भाइटिका लगाउँदै आएकी छिन् । करिश्मा र सन्तु बिच कुनै रगतको नाता छैन । उनीहरुको सम्बन्ध फिल्ममा काम गर्दै गर्दा सुमधुर बनेको हो । करिश्मासँगै अभिनेत्री मिथिला शर्मासँग पनि सन्तुले भाइटिका थाप्दै आएका छन् ।



ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठले पनि अभिनेत्री मौसमी मल्लको हातबाट भाइटिका लगाउन थालेको धेरै वर्ष भैसक्यो । अभिनेत्री मेलिना मानन्धरले पनि प्रेस व्यवसायी शिवकुमार शुक्लासँग चेली माइतीको सम्बन्ध गाँसेकी छिन् । त्यस्तै अभिनेत्री जल शाह र दिलिप रायमाझीले पनि दिदी भाइको सम्बन्ध गाँसेका छन् । जल शाह बिहे गरेर अमेरिका उडेपछि भने दिलिपले टिका थाप्न पाएका छैनन् ।

 

द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीलाई पनि जल शाहले दाजु बनाएकी थिइन् । अभिनेता रमेश उप्रेतीसँग पनि जलले दिदीको नाता गाँसेकी थिइन् । त्यस्तै अभिनेत्री विपना थापाले फोटोग्राफर राजभाइ सुवाललाई दाजु बनाएकी थिइन् । विपना बिहे गरेर भारत गएपछि भने यी दुई बिच भाइटिका भएको छैन । यस्तै अभिनेत्री प्रियंका कार्कीले छायाँकार हरि हुमागाईंलाई भाइटिका लगाउने गरेकी छिन् ।
 

 

एक जमानाकी लोकप्रिय अभिनेत्री शर्मिला मल्लले अभिनेता एवंम निर्माता अशोक शर्मालाई दाजु मानेर टिका लगाउने गरेकी थिइन् । अशोकले वरिष्ठ फिल्मकर्मी नीर शाहकी धर्मपत्नी उषालाई दिदी मानेर टिका थाप्दै आएका छन् । चपली हाइटकी हट गर्ल विनिता वरालले मोडल दिक्पाल कार्कीलाई भाइ मानेर हरेक तिहारमा टिका लगाउने गरेकी छिन् । विनिता र दिक्पाल प्रायः सँगै देखिने गर्दछन् ।

 

बिगत सात बर्षदेखि गायिका अञ्जु पन्तसँग भाइटिका लगाउँदै आएका संगीतकार सुरेश अधिकारीले अब भए अञ्जुको हातबाट टिका लगाउने छैनन् । गायिका पन्तले क्रिश्चियन धर्म अंगालेपछि सुरेशले टिका लगाउन नपाएका हुन् । टिका नलगाएपनि अञ्जुसँग भने टिकाको दिन भेट गर्ने सुरेशले बताए ।