Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकार तथा श्रष्टाले थापे सम्मान

फिल्मीखबर, काठमाण्डौ, 2013/11/03

अभिनेत्री मिथिला शर्मा, गायिका एवं अभिनेत्री कोमल ओली, संगीतकार टिका भण्डारी र हाँस्य कलाकार मनोज गजुरेललाई लक्ष्मी पूजाको अवसर पार्दै सम्मान गरिएको छ ।

 

 

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले दोसल्ला ओढाएर कदरपत्र दिई कला क्षेत्रमा उल्लेखनिय योगदान गरेवापत कलाकार एवंम स्रष्टालाई सम्मान गरेको हो । दर्जनौं फिल्मकी अभिनेत्री मिथिला शर्मा, राजनीति फिल्म डेव्यु कोमल ओली, संगीतकार भण्डारी र हाँस्य कलाकार गजुरेल सम्मान थाप्न गौशलास्थित राजयोग सेवा केन्द्रको कार्यालयमा पुगेका थिए ।

 

कार्यक्रममा सम्मानसँगै तिहारको शुभकामना पनि आदान प्रदान गरिएको गायिका तथा अभिनेत्री ओलीले फिल्मीखबरलाई बताइन् ।