Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

हट सुमिनाको लक्ष्मी पूजामा वर्थडे

फिल्मीखबर, काठमाण्डौ, 2013/11/03

अभिनेत्री सुमिना घिमिरेलाई तिहारसँगै जन्मदिनको शुभकामना । लक्ष्मीपूजाको दिन सुमिनाले आफ्नौं २४ औं जन्मदिन मनाउँदैछिन् ।

 

तिहार मनाउन हाल गृह जिल्ला सुर्खेत पुगेकी सुमिनाले दर्शनको लागी देउती वज्यै मन्दिर जाने तयारीमा रहेको सनाइन् । मन्दिरको दर्शन बाहेक जन्मदिनमा खास कार्यक्रम नरहेको सुमिनाले बताईन् । उनी ६ सन्तान मध्येकी कान्छी छोरी हुन् ।

 

पाँच वर्ष अघि फिल्म 'छविलाल कञ्जुस छैन' मार्फत सुमिनाले नेपाली रजतपटमा प्रवेश गरेकी थिइन् । प्रदर्शनका हिसाबले सुमिनाको पहिलो फिल्म 'दुलही' हो । छोटो समयमै सुमिनाले दुई दर्जन भन्दा बढी फिल्ममा अभिनय गर्ने अवसर पाएकी छिन् । पछिल्लो समय सुमिनाका एडल्ट फिल्म बढी प्रदर्शनमा आएका छन् । स्टार, नाइन ओ क्लक, लभ फरेभर, अप्रिल फूल जस्ता सुमिना अभिनित फिल्मले एडल्ट सर्टिफिकेट पाएका थिए ।

 

बेला बेलामा व्यक्तिगत कारणले चर्चा र विवादमा आइरहने सुमिन भन्छिन्- 'काम पाउञ्जेल फिल्म लाइनमै रहन्छु । जुन दिन हात खाली हुन्छ, त्यस बेलादेखी कुनै व्यापार व्यवसाय सुरु गर्ने सोच छ ।' सुमिना काठमाडौंमा घर र गाडी जोड्न सफल भएकी छन् । उनी सुनाउँछिन्- 'मेरो कमाइसँगै परिवारको सहयोगबाट घर गाडी किन्न सफल भएकी हुँ ।'

 

पछिल्लो समय रजतपटमा हट नायिका भनेर चिनिएकी सुमिनाले घरजम बारे भनिन्- 'अझै ३ वर्ष जति हतार छैन । मन मिल्ने मान्छेसँग नजिक हुने कोशिस गर्दैछु ।'