Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`वितेका पल` संगीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2013/11/01

प्रतिक्षित फिल्मको रूपमा हेरिएको 'वितेका पल'को गीत सार्वजनिक गरिएको छ । अभिनेत्री केकी अधिकारीसँग नव अभिनेता अबिनाश गुरूङले यस गीतमा रोमान्स गरेका छन् ।

 

डम्बर नेपालीको शब्द तथा संगीतमा बाबु बोगटी र प्रकृती गिरीले स्वर दिएको यस गीतलाई भारतको दार्जीलिङमा छायाँकन गरिएको हो । गीतको करियोग्राफी शंकर बिसीको रहेको छ । सुरज सुब्बा 'नाल्बो'को लेखन तथा निर्देशन रहेको यस फिल्मलाई राजेश घतानी र क्रिष रिजालले निर्माण गरेका हुन् ।

 

अधिकांश सुटिङ दार्जीलिङमा नै गरिएको यस फिल्ममा केकी र अबिनाशको साथमा बाबु बोगटी, आकाश खवास लगायतको अभिनय रहेको छ । यो फिल्म आगामी पौष २६ गते रिलिज हुनेछ ।