
बिशेषत: दाशढुंगा र लूटबाट फिल्मी दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाएका कलाका धनी दयाहाङ राईलाई दिपेन्द्र के खनालले झोले बनाउँदैछन् । यहि मंसिर १८ गतेबाट सुटिङ शुरू हुन लागेको फिल्म 'झोले' मा दिपेन्द्रले दयालाई पहिलो पटक सोलो भुमिकामा प्रस्तुत गर्न लागेका हुन् ।

फिल्म नचलिरहेको अवस्थामा रेखा थापा अभिनित लंकाले फिल्मकर्मीलाई केहि आश जगाएको छ । निरन्तर फिल्महरू फ्ल्प भईरहँदा लंकाले एक्कासी दर्शक बटुलेपछि अबको समयमा फिल्म चल्ने संकेत फिल्मकर्मीले देखेका छन् ।

भाईरस नामक फिल्मको सुटिङमा व्यस्त रहेका क्यामेराम्यान सुशन प्रजापतीको बाईक चोरी भएको छ । बुधबार बिहान करिब ७ बजे तिर बानेश्वरबाट १८० सिसीको रातो रङको पल्सर चोरी भएको सुशनले बताए ।

आज बिहिबार देखि लमजुङको घले गाँउमा सुरु हुने चलचित्र निर्देशक समाजको तेश्रो राष्ट्रिय चलचित्र वर्कशपको औपचारिक उद्घाटन हिजो बुधबार लमजुङ स्थित बेसीशहरमा गरिएको छ । निर्देशक समाजको सहयोगमा लमजुङ जेसिजले आयोजना गरेको साँस्कृतिक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले वर्कसप उद्घाटन गरेका हुन् ।

सिन्धुली तथा रोल्पाका द्धन्द पिडित बालबालिकाको सहयोगार्थ एनआरएन इजरायलले गत शुक्रबार र शनिबार फिल्म थ्री लभर्सको बिशेष शोको आयोजना गरेको थियो । इजरायलमा बम बर्षा भईरहेका बेला पनि तेल अभिब र आईफामा थ्री लभर्स हेर्न दर्शक निकै टाढाबाट आएको आयोजकले जानकारी दियो ।
