Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

प्रेमिकासँग सबिनको प्याचअप : जेनिशासँग बिहे

फिल्मीखबर, काठमाण्डौ, 2013/11/08

केही महिना अघि अभिनेता सविन श्रेष्ठ र उनकी एयर होस्टेज प्रेमिका नम्रता झा बिच व्रेकअप भएको खबर प्रकाशनमा आएको थियो । व्रेकअप भएको केही समय नवित्दै यी दुई बिच प्याचअप भएको छ ।

 

अन्दाज डेव्यु अभिनेता श्रेष्ठले प्रेमिका र आफु बिचको सम्बन्धमा सुधार आएको स्विकार गरेका छन् । हाल 'दमदार' नामक फिल्मको सुटिङमा व्यस्त सविनले प्याचअप भएको केही समयमै बिहे समेत गरेका छन् । तर, सविनको बिहे प्रेमिका झासँग भने होइन । सविनले अभिनेत्री जेनिसा केसीसँग लगनगाँठो कसेका छन् ।

 

 

सविन र जेनिशाको बिहे रियलमा नभई रिलमा भएको हो । फिल्म 'आधी बाटो'को लागी सविन र जेनिशाले बिहेको नाटक गरेका हुन् । रियल लाइफको बिहे चाहिं कहिले त ? सविनले भने- 'पाँच वर्ष त कुर्नै पर्छ । वेस्ट एक्टरको अवार्ड पाएपछि मात्रै बिहे गर्छु ।' सविनले फिल्ममा बिहे गरेको नाटक गर्दा अनौठो महसुश भएको समेत बताए ।

 

म्यूजिकल लभ स्टोरीको फिल्ममा यश कुमारसँगै सविन श्रेष्ठ, जेनिशा केसी लगायतको मुख्य अभिनय छ । दशैं रिलिजको हिट फिल्म 'काली'का निर्देशक सविर श्रेष्ठले 'आधी बाटो'लाई निर्देशन गरेका हुन् ।

 

 

फिल्मलाई युके शहरमा नयाँ वर्ष पारेर प्रदर्शन गरिंदैछ । युके रिलिजसम्म फिल्मको पोष्ट प्रोडक्सन सकिने निर्देशक श्रेष्ठले बताए । रमेश त्वायनाको निर्माण रहेको फिल्ममा अभिनेता यश कुमार र सुरेश अधिकारीको संयुक्त संगीत छ । 'आधी बाटो'को नेपाल रिलिज भने तय भैसकेको छैन ।