
कर्णाली जिल्लाको सेरोफेरोमा आधारित रहेर निर्देशक उद्धब अबिदितले 'खुर्पा' नामक फिल्म बनाउने भएका छन् । सोमबार राजधानीमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले फिल्मको मुहुर्त गरे ।

निर्देशक रामराजा दाहालले दुई वर्ष यता आफ्नो मोबाईलमा विभिन्न खाले फोन कलहरु दिनहुँ उठाईरहेका हुन्छन् । दुई वर्षको बिचमा उनलाई नेपालका विभिन्न ठाउँका मानिसहरुले कैयन पटक फोन गरिसकेका छन् । 'दुई वर्षमा मैले लगभग सात हजार भन्दा बढि नयाँ नम्बरको फोन कल उठाईसकेको छु', निर्देशक दाहालले भने ।

१४ बर्ष अगाडी जुन जोश लिएर फिल्म उधोगमा छिरेका थिए अहिले पनि उत्तिकै जोश र जाँगर अनमोल शर्मासँग छ । रेडियो नाटकबाट आफ्नो कला यात्रा शुरू गरेका अनमोलले ०५६ सालमा स्वर्गिय दीपक रायमाझीको निर्देशनमा बनेको फिल्म 'परेली' मा क्ल्याप ठोकेर फिल्मी यात्रा तय गरे । यो १४ बर्षको संघर्षमय यात्रामा दर्जनौं फिल्ममा सहायक निर्देशक तथा मुख्य सहायक निर्देशक भई काम गर्ने अवसर पाए । उनले आफूले पाएको अवसरलाई यसरी आत्मसाथ गर्दै लगे कि आज पनि उनी सबैको नजरमा उत्तिकै असल, मिलनशार र लगनशिल देखिएका छन् ।

केहि महिना अगाडी फिल्मीखबरले 'निशालाई हिस्टेरिया' भन्ने शिर्षकमा एउटा समाचार प्रकाशित गरेको थियो । सोही समाचारलाई स्मरण गराउँदै फिल्म 'पदमिनी' को प्रोमोलाई फिल्मीखबरले सार्वजनिक गरेको छ जहाँ निशालाई हिस्टेरिया लागेको कुरालाई प्रस्ट्याउन खोजिएको छ ।

गत शुक्रबार प्रदर्शनमा आएको फिल्म 'एटिएम' लाई सञ्चार मन्त्रायलले एक शो पश्चात नै प्रदर्शनीमा रोक लगायो । सेन्सर बोर्डले काटेको दृश्य तथा संवाद नकाटी निर्माण युनिटले फिल्म प्रदर्शन गरेको भन्दै सञ्चार मन्त्रायलले प्रदर्शनीमा रोक लगाउन आदेश दिएको हो ।

श्याम भट्टराई निर्देशित फिल्म लंकाले पछिल्लो समयमा नेपाल अधिराज्यका बिभिन्न स्थानको साथमा सर्लाहीमा पनि राम्रो ब्यापार गरेको छ । मंसिर १ बाट सर्लाहीमा प्रर्दशनमा आएको यस फिल्मको छायाँकन सर्लाहीमा भएको कारणले पनि यसको ब्यापारले सर्लाहीको बजार तताएको छ ।