आठ वर्षको उमेरदेखि छठको व्रत लिदै आएकी अभिनेत्री रेखा थापाले यस वर्ष भने लिन पाइनन् । रेखाले छठको व्रत लिन नपाएको कारणबारे फिल्मीखबरलाई भनिन्- 'रजस्वला भएर छठको व्रत लिन पाइँन । तर, पनि सूर्यलाई अर्घ भने चढाउँछु ।'
.jpg)
मोरङ घर भएकी रेखाले छठको व्रत पहिलो पटक छेकेको बताइन् । उनले भनिन्- 'अहिलेसम्म कहिल्यै छठको व्रत लिंन छुटाएकी थिइन ।' रजस्वलाकै कारण रेखाले दशैंमा टिकाको दिन टिका थाप्न पाएकी थिइनन् । गत साल रेखाले हमेशा फिल्मको सुटिङ गर्दै छठको व्रत लिएकी थिइन् । तराई क्षेत्रको चर्चित छठ पर्वमा व्रत बसी उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा गर्ने चलन छ ।
छठको व्रतमा सूर्यसँग कुनै एक चिजको भाकल गरे पूरा हुने विश्वास छ । पछिल्लो समय पहाडी भेगका मानिसहरूले समेत व्रत बस्दै आएको छठ पर्वमा सरकारी बिदा दिने चलन छ । छठको व्रत बस्ने सबैलाई फिल्मखबरको तर्फबाट शुभकामना !

