Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनेता थापालाई मातृ शोक : श्रद्धाञ्जलीमा पुगेनन् फिल्मकर्मी

फिल्मीखबर, काठमाण्डौ, 2013/11/08

निर्माता एवं अभिनेता दिनेश थापालाई मातृ शोक परेको छ । थापाकी ७५ वर्षिय आमा गंगा थापाको कार्तिक २१ गते महाराजगञ्जस्थित टिचिङ अस्पतालमा साँझ ५ बजे उपचारको क्रममा निधन भएको हो ।

 

सुगर र ब्लड प्रेसरबाट ग्रसीत गंगालाई एक्कासी मुटु दुखेपछि पाटन हुंदै टिचिङ अस्पताल पुर्याइएको थियो । गंगाको कार्तिक २१ गते नै पशुपतिमा दाहसंस्कार गरिएको छ । निर्माता तथा अभिनेता थापाकी आमाको श्रद्धाञ्जलीमा कुनै पनि फिल्मकर्मीको उपस्थिति नभएको सञ्चारकर्मी लक्ष्मण सुवेदीले बताए । 'कुनै पनि फिल्मकर्मीलाई खबर गरिएको थिएन', सञ्चारकर्मी सुवेदीले भने- 'हामी आफैं थाहा पाएर केही सञ्चारकर्मी पशुपती पुगेका थियौं ।'

 

ललितपुर निवासमा दिनेश थापा कोरा बसेका छन् । करिब एक दर्जन जति फिल्ममा अभिनेता भएर काम गरेका दिनेश थापाले 'मिस्टर डन', 'मस्ती' र 'एटिएम' जस्ता फिल्म निर्माण गरेका छन् । पछिल्लो पटक निर्माण गरिएको फिल्म 'एटिएम' अश्लिल भएको भन्दै सेन्सर वोर्डले प्रदर्शनमा रोक लगाएको थियो । यो फिल्मले चर्चा र विवाद निकै पाएको थियो ।

 

दिनेश थापाकी माताको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवार प्रति फिल्मीखबर डट कम परिवार धैर्य धारणको कामना गर्दछ ।