
नामले फिल्म चल्नेमा तपाईं कत्तिको विश्वास गर्नुहुन्छ ? रजतपटमा केही यस्ता फिल्मकर्मी छन्, जो आफ्ना लागि केही शब्द लक्की मान्ने गर्दछन् ।

दोस्रो संविधान सभाको चुनाव भैरहंदा देशका करिब डेढ सय फिल्म हल भने बन्दको अवस्थामा थिए । चुनावी माहोल र चुनावलाई विफल पार्न नेकपा माओवादी सहित ३३ दलले गत कार्तिक २५ देखि मंसिर ५ गतेसम्म गरेको बन्द आव्ह्वानले फिल्म हल खुल्न सकेका थिएनन् ।

देशको दोस्रो संविधान सभाको निर्वाचन कार्यक्रम सकिएको छ । बम आतंक र झडपका बाबजुत पनि सर्वसाधारण, नेता सहित अभिनेता, अभिनेत्री तथा फिल्मकर्मीहरूले गोप्य मतदान गरे ।

झण्डै एक बर्षपछि अमेरिकाबाट नेपाल व्याक भएका अभिनेता सरोज खनाल अहिले 'नाइ नभन्नु ल २'का लागि एक्सन कटमा व्यस्त छन् । सोमबार राजधानीमा सुटिङका लागि व्यस्त रहँदा फुर्सद निकालेर सरोज फिल्मीखबरसँग गफिए ।

अभिनेता राजेश हमालले काठमाण्डौ क्षेत्र नं ६को लैनचौर स्थित शान्ति विद्द्या गृहमा संविधान सभाको चुनावमा आफ्नो अमूल्य मत खसालेका छन् । मत खसालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै हमालले सम्पूर्ण नेपालीलाई चुनावमा भाग लिएर आफ्नो मतको सदुपयोग गर्न आग्रह गरेका छन् ।

नेपाली आधुनिक गीतको म्युजिक भिडियोमा अभिनेता राजेश हमाललाई देख्नु नौलो हैन । आधुनिकमा देखिंदै आएका अभिनेता राजेश हमाल लोक लयको भाकामा पनि देखिन थालेका छन् ।

