Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क-कस्ले गरे मतदान ? मतदान पछिको प्रतिक्रिया ? (फोटो र भिडियो सहित)

फिल्मीखबर, काठमाण्डौ, 2013/11/19

देशको दोस्रो संविधान सभाको निर्वाचन कार्यक्रम सकिएको छ । बम आतंक र झडपका बाबजुत पनि सर्वसाधारण, नेता सहित अभिनेता, अभिनेत्री तथा फिल्मकर्मीहरूले गोप्य मतदान गरे ।

 

बिहान सबैरे अभिनेता राजेश हमालले क्षेत्र नम्बर ६ बाट मत खसाले । अभिनेता जीवन लुईटेलले क्षेत्र नं ९ बाट मध्यान्न मत खसाले । यस्तै समानुपातिक उमेद्वार अभिनेता भुवन केसीले क्षेत्र नम्बर २ बाट भोट हाले । प्रत्यक्ष उमेदवार तथा फिल्मकर्मी उद्धब पौडेलले क्षेत्र नं ४ बाट भोट खसाले । अभिनेत्रीद्धय करिष्मा मानन्धर र केकी अधिकारीले क्षेत्र नं ३ मा पुगेर भोट हाले ।

 

हाँस्य अभिनेता हरिबंश आचार्यले भक्तपुर स्थित बालकोटको बुथमा पुगेर बिहानै मतदान गरे भने अभिनेता गजित बिष्टले क्षेत्र नं १ मा पुगेर आफ्नो अमूल्य मत खसाले । यि बाहेक अभिनेत्री निशा अधिकारी, माल्भिका सुब्बा, कलाकार निर्मल शर्मा, गायक राजेश पायल राई, गायिका आस्था राउत, कस्टुम स्टाईलिस्ट निलिमा शर्मा सहित दर्जनौं फिल्मकर्मीले राजधानी र राजधानी बाहिर आ-आफ्नै स्थानमा पुगेर मत खसालेका छन् ।

 

मत खसालीसकेपछि केहि अधिकांश फिल्मकर्मीले नयाँ अनुभव भएको सुनाएका छन् । मत खसालेपछि राजेश हमालले आफ्नो अमूल्य मत खेर नजाओस् भन्दै नेपाली जनताको प्राथमिकता भनेकै देशको विकास रहेकाले राजनीतिक दलका नेताहरूले देशलाई निकासाको बाटो दिनुपर्ने बताए ।

 

अभिनेता जीवन लुईटेलले त आफ्नो मत सहि व्यक्तिका लागि खसेको बताए । उनले भने- 'मैले हालेको भोटले जित्ने व्यक्ति संविधान सभाको भवन भित्रको सिटमा गएर निदाउने छैन, रातो पासपोर्टको कारोबार गर्ने छैन । जस्लाई भोट हालेको छु त्यो देशलाई माया गर्ने हुनेछ । जस्लाई भोट हालेको छु त्यसैले संविधान निर्माणमा अग्रसर भएर लाग्ने छ ।'

 

भिडियो स्रोत : डिसीनेपाल

 

अभिनेता भुवन केसीले देश र जनताको भविष्य निर्माण गर्ने महत्वपूर्ण चाडमा मत खसालेपछि निकै खुसी लागेको बताउँदै यो निर्वाचनले संविधान दिने विश्वास व्यक्त गरे । अभिनेत्री केकी अधिकारीले एउटा भोट मात्र नभएर सम्पूर्ण जनताले आशा, सपना अनि भविष्य नै नेताहरूको हातमा सुम्पेको भन्दै अब पनि निराशा नबनाउन आग्रह गरिन् ।

 

 

भिडियो स्रोत : इमेज च्यानल

 

मतदानका तस्विरहरू हेर्नुहोस्

 

मत खसाल्दै अभिनेता राजेश हमाल

तस्विर : नरेश श्रेष्ठ

 

मत खसाल्दै अभिनेता जीवन लुईटेल

तस्विर : दिपेशराज थारू

 

मत खसाल्दै अभिनेता भुवन केसी

 

मत खसाल्दै अभिनेता उद्धब पौडेल

 

मत खसाल्दै अभिनेत्री केकी अधिकारी
तस्विर : कविन्द्रमान शाक्य

 

मत खसाल्दै अभिनेत्री तथा पूर्व मिस नेपाल माल्भिका सुब्बा
तस्विर : कविन्द्रमान शाक्य

 

मत खसाल्दै अभिनेता निर्मल शर्मा

 

मत खसालेपछि बुढी औंला देखाउँदै निर्देशक हिमग्याप टासी
 

मत हाल्नुपूर्न मतदाता परिचय पत्र देखाउँदै कस्टुम स्टाईलिस्ट निलिमा शर्मा