Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

राजेश हमालले खसाले भोट, उद्धब पौडेल आचार संहिता विपरित प्रचार गर्दै

फिल्मीखबर, काठमाण्डौ, 2013/11/19

अभिनेता राजेश हमालले काठमाण्डौ क्षेत्र नं ६को लैनचौर स्थित शान्ति विद्द्या गृहमा संविधान सभाको चुनावमा आफ्नो अमूल्य मत खसालेका छन् । मत खसालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै हमालले सम्पूर्ण नेपालीलाई चुनावमा भाग लिएर आफ्नो मतको सदुपयोग गर्न आग्रह गरेका छन् ।

 

यस्तै हमालले राजनीतिक नेतृत्वको तहमा बसेकाहरूले बिगतमा जनताले भोगेको पिडा र आफूहरूले पाएको असफलताबाट पाठ सिकेर यो निर्वाचनलाई सफल बनाई मुलुकलाई संविधान दिने वातारवणको सिर्जना गर्न आग्रह गरे । नेपाली जनताको प्राथमिकता भनेकै देशको विकास रहेकाले राजनीतिक दलका नेताहरूले देशलाई निकासाको बाटो दिनुपर्ने उनको भनाई छ ।
 

यता प्रत्यक्ष उमेद्वार फिल्मकर्मी उद्धब पौडेलले निर्वाचन आयोगको आचार संहिता विपरित आफ्नो पार्टीको प्रचार प्रसार गरेका छन् । आचार संहितामा निर्वाचन आयोगले दल तथा नेताहरूलाई आफ्नो र पार्टीको प्रचारप्रसार गर्न नहुने उल्लेख गरेपनि उमेद्वार पौडेलले आज बिहान आफ्नो फेसबुक अकाउण्टबाट भोटको अपिल गरेका छन् ।

 

 

आज थुप्रै फिल्मकर्मीहरूले आफ्नो अमूल्य मत खसाल्दै छन् । अहिलेसम्म राजेश र उद्धब सहित हाँस्य अभिनेता हरिबंश आचार्य, कलाकार निर्मल शर्मा 'गैंडा', अभिनेत्री तथा पूर्व मिस नेपाल माल्भिका सुब्बा, गायिका आस्था राउत, निर्देशक तथा समानुपातिक उमेद्वार हिमग्याप टाँसी लगायतले मत खसालिसकेका छन् ।

 

अभिनेता जीवन लुईटेलले मध्यान्न कलंकीको खसीबजारमा मत खसाल्दै छन् भने अभिनेत्री करिष्मा मानन्धरले पनि क्षेत्र नम्बर ३ बाट पहिलो पटक भोट हाल्दैछिन् ।