Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19057 - 19062 of 24010
फिल्मीखबर, काठमाण्डौ, 2013-09-19, बिहिवार

अभिनेता भुवन केसी नेकपा एमाले पार्टीको तर्फबाट काठमाण्डौ क्षेत्र नम्वर १ बाट आगामी संविधान सभाको प्रत्यक्ष उम्मेरद्वारका लागी सिफारिसमा परेका छन् । अभिनेता केसीसँगै १ नम्वर क्षेत्रबाट एमालेका विदुर मैनाली र सपना प्रधान मल्ल पनि प्रत्यक्ष उम्मेरद्वारको सिफारिसमा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-19, बिहिवार

कलाकारले प्रचारमा दिएको साथले फिल्मको व्यापारमा कत्तिको असर पुर्याउला ? हलिउड र बलिउड फिल्मको प्रचारमा कलाकार नहिड्ने भने निर्माताले आधा व्यापार गुमाउनु पर्ने हुन्छ । बिडम्वना, नेपालमा दर्शकको संख्यालाई कलाकारको प्रचार सक्रियताले खासै प्रभाव पार्दैन ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-19, बिहिवार

अन्तराल फिल्मकी अभिनेत्री नम्रता सापकोटालाई जन्मदिनको शुभकामना  ! भोलीको एनसेल टुर व्यवस्थापनमा व्यस्त यी अभिनेत्रीले जन्मदिनको खास कार्यक्रम नरहेको बताइन् । उनले आफ्नो उमेर खुलाईन् । भनिन्- 'भर्खरै १८ पुगेकी छु ।'

 

फिल्मीखबर, काठमाण्डौ, 2013-09-19, बिहिवार

समाचार वाचिका र गायिका पछि कोमल ओलीलाई अभिनेत्रीको परिचय फिल्म राजनीतिले दियो । छुट्टै पार्टी खोलेर देशमा राजनीति गर्ने समेत मनस्थिति बनाएकी कोमलको पहिलो फिल्म राजनीति हाल देशमा प्रदर्शनरत छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-19, बिहिवार

यो शुक्रबार बिग व्यानर र स्टार कलाकार बिच हल भिडन्त हुने छैन । असोज चारको रिलिजलाई हलवाला तथा वितरकले सामान्य लडाइँको रुपमा लिएका छन् । यो साता तीन फिल्म एकसाथ देशभर प्रदर्शन हुँदैछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-19, बिहिवार

कस्तुरी फिल्मका निर्माता तथा निर्देशक किरण प्रधानको साँगीतिक एकल साँझ हुने भएको छ । यही असोज १५ गते प्रज्ञा प्रतिष्ठान भवनमा हुने एकल साँझबारे एक प्रेस समारोहका बिच औपचारिक जानकारी गराइयो ।

Results : 19057 - 19062 of 24010