मिति : २०८२ ज्येष्ठ ३०, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19051 - 19056 of 22695
फिल्मीखबर, काठमाण्डौ, २०६९ मंसिर २२, शुक्रवार

पाठेघरको क्यान्सरबाट पिडित अभिनेत्री मनिषा कोईरालाको आज हुने भनिएको शल्यक्रिया नहुने भएको छ । न्यूयोर्कस्थित मेमोराइज स्यालोन क्याटरिन क्यान्सर सेन्टरमा भर्ना गरिएकी मनिषाको सोमबार शल्यक्रिया हुने भएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, २०६९ मंसिर २२, शुक्रवार

फिल्म हलवालाहरूबाट निर्माताहरू पिडित हुँदै आएको खबर हामीले प्राय सुनिरहेका हुन्छौं । कहिले फिल्म चल्दा चल्दै उतारेर त अखिलेकहिले समयमा भुक्तानी नगरेर अनि कहिले पाईरेसी गरेर फिल्म निर्माताहरूले दु:ख झेलिरहेका भेटिन्छन् । यहि दु:खको मारमा फिल्म मेरो जीवन साथीका निर्माता सूर्य कार्की पनि परेका छन् ।
 

फिल्मीखबर, काठमाण्डौ, २०६९ मंसिर २२, शुक्रवार

निकै समय पछि नेपाली फिल्मका हस्तीहरू एकै स्थानमा जमघट हुँदैछन् । यो जमघट भने नेपालमा नभएर दुबईमा हुन लागेको हो । पहिलो पटक बिदेशमा नेपालका चर्चित स्टारहरूलाई जमघट गराउने काम बक्स अफिस फिल्म अवार्डले गरेको हो ।
 

फिल्मीखबर, काठमाण्डौ, २०६९ मंसिर २२, शुक्रवार

छायाँकन पूर्व नै स्क्रिप्ट बिबादमा मुछिंदै सुटिङका बेला समेत चलचित्र विकास बोर्डको झमेलामा परेको फिल्म 9 O'clock कस्तो बनेको होला भन्ने जिज्ञासा सबैमा हुन सक्छ । सोही जिज्ञासालाई सस्पेन्स राख्दै निर्माण युनिटले प्रोमो रिलिज गरेको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, २०६९ मंसिर २१, बिहिवार

भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'थ्री लभर्स' राजधानीमा सम्पूर्ण मल्टिप्लेक्स हलमा लाग्ने भएको छ । फिल्मका निर्देशक सुरेश दर्पण पोखरेलले फिल्मीखबरलाई दिएको जानकारी अनुसार राजधानीका क्यूएफएक्स, कुमारी, जय नेपाल, बिग मुभिज, गोपीकृष्ण, गुण, अष्टनारायण, विश्वज्योती, गंगा, कलंकी, बराही सहितका १८ फिल्म हलमा थ्री लभर्स लाग्नेछ ।
 

फिल्मीखबर, काठमाण्डौ, २०६९ मंसिर २१, बिहिवार

तीन  महिनाको फुर्सद पश्चात आर्यन सिग्देलले नयाँ फिल्म साईन गरेका छन् । 

Results : 19051 - 19056 of 22695