
दशैं घरको ढोकाबाट पस्ने क्रममा छ । जमाना रेडीमेटको छ, त्यसकारण दशैंमा गर्नुपर्ने कामको अभिनेत्री अरूणिमा लम्साललाई कुनै चिन्ता छैन । बालकोट माईतीमा दशैं मनाउने अभिनेत्री लम्सालसँग फिल्मीखबरले छोटो गफ गरेको छ :-

अभियान सम्मान २०७० बाट करिब एक दर्जन कलाकर्मी सम्मानित भएका छन् । अभियानको ३० औं वार्षिक उत्सवको उपलक्ष्यमा औपचारिक कार्यक्रम मार्फत कलाकर्मीलाई सम्मान गरियो ।

पढ्दा फिल्मी जस्तो लाग्न सक्छ । तर, सत्य यो हो कि, अभिनेता भुवन केसीको चुनावी टिकट खोसिएको छ । नेकपा एमाले पार्टीबाट काठमाण्डौ क्षेत्र नम्वर १ बाट प्रत्यक्ष चुनाव लड्ने टिकट पाएका अभिनेता केसीको उम्मेरद्वारी खोसीएको हो ।

सौगातलाई थाहा छ, 'बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन' । र पनि, सौगात किन बोल्दैनन् त ? भन्छन्- 'खासमा मलाई बोल्न नै दिक्क लाग्छ । यहाँ बोलेरै धेरै कुरा बिग्रिएको छ । बोलेर काम बिगार्नु भन्दा चुप बस्नु नै ठिक लाग्छ ।'

धरानमा छायाँकन भैरहेको फिल्म 'नोभेम्वर रेन'की अभिनेत्री नम्रता श्रेष्ठ आफ्नो पार्टको छायाँकन सकी प्रदर्शन भैरहेको फिल्म मौनको प्रोमोसनको लागि काठमाडौँ फर्किएकी छिन् । काठमाण्डौ फर्कनु पूर्व नम्रताले आफ्ना फ्यानहरूसँग लञ्चसँगै कुराकानी गरिन् ।

वनको पहरा र कन्दरामा फुलेको फूल सुन्दर र स्वच्छन्द हुन्छन् त्यसरी नै गाउँको कुनै कुनामा आफ्नै ज्ञान र शील्पमा रमेको जीवन पनि सुन्दर र स्वच्छन्द हुन्छ भन्ने भाव फिल्म 'वनफूल'ले बोकेको बुधबार सार्वजनिक गरिएको ४९ सेकेन्डको टिजरले देखाएको छ ।

