Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18997 - 19002 of 24010
फिल्मीखबर, काठमाण्डौ, 2013-09-30, सोमवार

निर्माता रमेशजंग रायमाझीलाई नेपाली काङ्ग्रेस पार्टीले आगामी संविधान सभाको चुनावमा प्रत्यक्ष तर्फको टिकट उपलब्ध गराउने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-30, सोमवार

अभिनेत्री रेखा थापा फुलपाती (असोज २५ गते) रिलिज काली प्रोमोशन गर्न हाँस्य टेलिश्रृङ्खला मेरी बास्सैमा देखिने भएकी छिन् । अभिनेत्री थापालाई धारावाहिक हाँस्य टेलिश्रृङ्खलामा दर्शकले ३ भाग सम्म हेर्न पाउनेछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-30, सोमवार

अंग्रेजी क्यालेन्डर फेब्रुअरी १४ को भ्यालेनटाइन डेलाई लिएर फिल्म बन्ने क्रम जारी छ । सुरज सुब्बा नाल्बोको निर्देशनमा केही वर्ष अघि मेरो भ्यालेनटाइन नामक फिल्म निर्माण भयो । निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्र प्रताप शाह अभिनित फिल्म प्रदर्शनको क्रममा छ । फिल्मको कथा शिर्षक अनुसार रहेको बताइन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-29, आईतवार

यसअघि सञ्चार मन्त्रालयमा हुँदै आएको फिल्मको सेन्सर अब भने चलचित्र विकास बोर्डकै हलमा हुने भएको छ । लामो समयको पहल पश्चात आफूले बोर्डमा सेन्सर गर्ने कार्य सफल पारेको बोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैता 'पप्पु'ले फिल्मीखबरलाई जानकारी गराए ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-09-29, आईतवार

दशैंमा रेखा भर्सेस रेखा मात्र हैन रेखा भर्सेस बिराज पनि हुनेछ । आगामी असोज २५ गते फुलपातीका दिन अभिनेत्री रेखा थापा आफैले निर्माण गरेको फिल्म 'काली' मार्फत मात्र हैन भोजपुरी र नेपाली भाषामा तयार गरिएको फिल्म 'दामिनी' मार्फत पनि दर्शकलाई मनोरञ्जन दिन हलका पर्दामा झुल्किने छिन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-09-29, आईतवार

आगामी संबिधान सभाको चुनावमा तपाई कुन कलाकारलाई मैदानमा देख्न चाहनु हुन्छ ? भन्ने फिल्मीखबर डट कमको भोटिङ पोलमा अभिनेता राजेश हमाललाई बहुमत मिलेको छ । भोटिङ पोलमा राजेपछि अभिनेत्री रेखा थापालाई बढी मत मिलेको छ ।

Results : 18997 - 19002 of 24010