
अभिनेत्री निशा अधिकारीलाई जन्मदिनको शुभकामना ! गुगल सर्च गर्दा अभिनेत्री अधिकारीले आफ्नो २७ औं जन्मदिन सेलिव्रेट गर्दैछिन् । गुगल वोयोग्राफीमा निशाको जन्म १९८६ अक्टोवर ४ उल्लेख छ । निशाको जन्मघर पाल्पा हो ।

बधाई ! नेपाली फिचर फिल्म अन्तरालका निर्माता र निर्देशकलाई पुत्र लाभ भएको छ । निर्देशक दिपा बस्नेतले असोज १७ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान हस्पिटलमा २ केजी ६ सय ग्रामको छोरालाई जन्म दिएकी छन् ।

अभिनेता आर्यन सिग्देलले निर्माण गरेको फिल्म 'नोभेम्बर रेन'को यतिबेला धरानमा छायांकन तिब्र गतिमा भैरहेको छ । छायांकन अवधिमा अभिनेता सिग्देलसँग अटोग्राफ लिन, तस्विर खिच्न र उनलाई आँखा अगाडी नै हेर्न धराने फ्यानको भिड लाग्ने गरेको छ ।

सामाजिक अपराधको कथा बोकेको फिल्म 'हँसिया'को पहिलो अफिसियल ट्रेलर फिल्मीखबर डट कम मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक प्रोमोले यसै फिल्मबाट डेब्यू गरेकी मोडल हेमा श्रेष्ठलाई एक्सन अभिनेत्रीको रूपमा चिनाउने छनक देखाएको छ ।

निमन्त्रणा गरिएका हरेक जसो कार्यक्रममा अभिनेता राजेश हमालको उपस्थिति रहन्छ । प्रायः सबै जसो कार्यक्रममा सहभागी हुने अभिनेता हमाल तोकेको समयमा भने कमै पुग्ने गर्छन् ।

केकीको कल्पनामा कस्ता-कस्ता राजकुमार आउँछन् त ? उनी सम्झिन्छिन्-, 'मेरो कल्पनामा आउने राजकुमार समान्य हुन्छ । फिल्मको जस्तो हिरो मेरो कल्पनामा छैन ।'

