
राजेश हमाल, रेखा थापा र भुवन केसीको चर्चा सुनिए पनि अन्ततः एमाओवादीको चुनावी गीतमा आयुष रिजाल, मुकेश ढकाल र उमा बेबीले कम्मर मर्काएका छन् । उदित नारायण झाले समेत स्वर दिएको गीतको हाल विरगञ्जमा सुटिङ भैरहेको छ । 'गम् गम् गम्के धर्तीकी माते.....' बोलको गीतलाई कमल राईले निर्देशन गर्दैछन् ।

प्रायजसो फिल्ममा भिलेनसँग हिरो (पुरूष पात्र) लडेको देख्न सकिन्छ । यदाकदा फिल्ममा भने हिरोईनहरू पनि एक्सन गर्ल बनेर भिलेनसँग जुहारी खेलेको नदेखिने हैन । तर, भर्खरै मात्र सुटिङ सकिएको फिल्म 'हँसिया'मा भने नवनायिका हेमा श्रेष्ठले १३७ भिलेनलाई लडाएकी छिन् ।

रेखा फिल्मस्को अन्दाज फिल्मका मुख्य दुई हिरो जीवन लुइँटेल र सविन श्रेष्ठ पर्दामा पुनः दोहोरिने भएका छन् ।

पर्दामा प्रदर्शनरत फिल्म मौनमा दर्शकले अर्पण थापा र नम्रता श्रेष्ठको साथमा अर्का एक क्यूट हिरोलाई पनि हेर्न पाउने छन् । तर, लामो सम्म भने पर्दामा उनी देखिने छैनन् ।

अभिनेत्री झरना थापा युरोप यात्रामा निस्कने भएकी छिन् । असोज २५ गते फुलपातीको दिन युरोप उड्ने अभिनेत्री थापाले बताइन् । युरोपका वेल्जियम, जर्मन, फ्रान्स लगायतका शहरमा झरनाले 'बाह्र हाते पटुकी.....'मा आकर्षक नृत्य प्रस्तुत गर्नेछिन् ।

छोटा फिल्मको पर्व एकादेशमा 'सावित्री' र 'मानषी' फिल्म उत्कृष्ट भएका छन् । स्टुडेन्टस् फिल्म मेकरर्सको प्रतिस्पर्धामा सुजित विडारी निर्देशित फिल्म 'सावित्री' उत्कृष्ट ठहरियो । उत्कृष्टता सँगै 'सावित्री'लाई २५ हजार नगद पुरस्कार प्रदान गरियो ।

