Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 2.83/5.00)
Text size:-
+
-

हिरोइनको मासिक खर्च : सवारी र राम्री हुनमै सकिन्छ पैसा

फिल्मीखबर, काठमाण्डौ, 2013/12/01

नेपाली फिल्मका अभिनेत्रीको आम्दानी कति छ ? फिल्म निर्माणको क्रम सुस्ताइरहेको अवस्थामा यो खोजको विषय हुन सक्छ । तर, हिरोइनको दैनिकी भने निकै महंगो देखिएको छ ।

 

पछिल्लो समय फिल्ममा त्यती सक्रिय नदेखिएकी अभिनेत्री झरना थापा आफुले चढ्ने कारको मासिक पेट्रोल खर्च मात्रै रु. १५ हजार छुट्याउँछिन् । सँगै मासिक मेकअप खर्च पनि उत्तिकै लाग्ने गरेको झरना सुनाउँछिन् । झरना भन्छिन्- 'मैले पोशाकमा पनि धेरै नै खर्च गर्ने गर्छु ।' मासिक मोबाइल खर्च २ हजार लाग्ने झरनाको अन्य मासिक खर्च कति हुन्छ ? हिसाब राख्ने नगरेको उनी बताउँछिन् ।

 

गाला रातै गर्ल निता ढुङ्गानाको भने ट्याक्सी चढ्दैमा पैसा सकिन्छ रे । लडेर गाला स्क्रयाच भएपछि निताले स्कुटी चढ्नै छोडेकी छिन् । 'छ एकान छ' फिल्मकी सोलो हिरोइन भन्छिन्- 'एक पटक ट्याक्सी चढ्दा कम्तीमा ५ सय खर्च हुन्छ ।' निताका अनुसार मासिक टयाक्सी भाडा खर्च करिब १८ देखि २० हजार सम्म हुन्छ । झरना थापा जस्तै निताको पनि ड्रेसअपमै बढी खर्च हुन्छ । ड्रेसअपमा महिनाको कम्तीमा १० हजार खर्च हुने निता बताउँछिन् ।

 

'बितेका पल' हिरोइन केकी अधिकारीको मासिक खर्चको निकै नै छ । स्कुटी र मोबाइलमा बढि खर्च गर्ने केकी साथीहरुसँग घुम्न जाँदा र फिल्म हेर्न जाँदा मज्जैले खर्च गर्छिन् । केकी सुनाउँछिन्- 'महिनामा यति नै खर्च गर्छु भनेर छुटाउने गरेको छैन । घरको डेकोरेशनमा पनि खर्च हुने गर्छ ।' हिजोआज फिल्ममा भन्दा म्यूजिक भिडियोमा बढी व्यस्त हुने अनु शाहको स्कुटर, मोबाइल र पोशाकमा खर्च बढि हुन्छ । 

 

अन्य हिरोइनको तुलनामा अभिनेत्री वेनिशा शाह भने खर्च गर्ने मामालामा केही सजग देखिइन् । 'म नचाहिने कुरामा खर्च गर्दिंन', मोक्ष हिरोइन भन्छिन्- 'आवश्यक कुरामा त खर्च गर्नै पर्छ तर म संयमता अपनाउँछु ।' स्कुटरमा हिंड्ने वेनिशा पेट्रोल खर्च मात्रै ३ हजार हुने गरेको बताउँछिन् । मोबाइल रिचार्जमा पनि वेनिशाको ३ हजार जति नै खर्च हुन्छ । सौन्दर्य सामाग्रीमा भने वेनिशाको मासिक खर्च झन्डै ७ हजार पुग्ने गर्छ । साथी भाइसँग हुने जमघटको हिसाब खर्च भने वेनिशाले राख्ने नगरेको बताइन् ।