
अन्ततः अभिनेत्री रेखा थापा आगामी संविधान सभाको चुनावी मैदानमा प्रत्यक्ष लड्ने भएकी छिन् । एकीकृत नेकपा माओवादीले अभिनेत्री थापालाई पर्सा क्षेत्र नम्वर १ बाट प्रत्यक्ष उम्मेरद्वारीको टिकट उपलब्ध गराएको हो ।

राप्रपा पार्टीमा प्रवेश गर्छु भन्दै घुर्की देखाएपछि अन्तत: अभिनेता भुवन केसीलाई नेकपा एमालेले आगामी संविधानसभाको चुनावका लागि काठमाण्डौ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ टिकट उपलब्ध गराएको छ ।

द्धन्दकालको घटनालाई समेटेर निर्माण भएको फिल्म ‘सुराक’लाई निर्माणपक्षले समिक्षा गर्नका लागि पोखराका रंग पत्रकारहरु माझ प्रदर्शन गरेको छ । फिल्म हेरिसकेपछि अधिकांश रंग पत्रकारहरुले फिल्म निकै राम्रो बनेको प्रतिक्रिया दिए ।

व्यापार, बजार र यात्रामा व्यस्त हुन थालेपछि फिल्म घरहरुमा विस्तारै दर्शकको चाप कम हुँदै गएको छ । व्यस्त कलाकार दशैंमा फुर्सद निकाल्दै छन् । फुर्सदमा रहेका कलाकार किनमेल र दशैंलाई कसरी रमाइलो बनाउने ? भन्ने योजनामा छन् ।

फिल्म क्षेत्रमा अतुलनिय योगदान पुर्याएका अभिनेता राजेश हमाल नाटक तिर सोझिएका छन् । नाटकका कलाकारहरू फिल्म तर्फ झुकिरहेको अवस्थामा हमालले भने नाटक खेल्ने इच्छा देखाएका हुन् ।

फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार यसै साता फिल्म क्षेत्रका करिब आधा दर्जन कलाकार नेपाली काङ्ग्रेस प्रवेशको तयारीमा छन् । पार्टी कार्यालय सानेपामा पार्टी प्रवेश गर्ने कलाकारलाई औपचारिक स्वागत कार्यक्रमको तयारी हुँदै गरेको बुझिएको छ ।

