वितरक समेत रहेका सुनिल मानन्धरले निर्माण गरेको पछिल्लो फिल्म 'मोक्ष'को संगीत रिलिज गरिएको छ । ब्यान्डका सदस्यको संघर्ष र उपलब्धीको कथामा आधारित यस फिल्ममा समावेश 'मर्छु कि क्या हो...' बोलको गीत पहिलो पटक सार्वजनिक गरिएको हो ।
प्रविन श्रेष्ठ निर्देशित 'मोक्ष' माघ २४ गते अल नेपाल प्रदर्शन हुँदैछ । फिल्ममा कोसिश क्षेत्री, वेनिशा हमाल, विक्रम सिंह, दिपेश भण्डारी, मनिष गोदार, दुर्गा बराइली, बसन्त भट्ट, विशाल ढुङ्गाना, सपना श्रेष्ठको मुख्य भूमिका छ । संजीव सिंह, नवक्रान्ती, प्रवीण श्रेष्ठ र रकशाष्त्रले फिल्ममा संगीत दिएका छन् । हरी हुमागाइँ, प्रताप सिंह र रविन श्रेष्ठको 'मोक्ष'मा सिनेम्याटोग्राफी छ ।

