
फिल्म 'नाइ नभन्नु ल २'मा अभिनय गर्न केहि साता अगाडी अमेरिकाबाट नेपाल आएका अभिनेता सरोज खनाल मंगलबार भारत पुग्दैछन् । भारतमा केहि दिनको बसाई पश्चात सरोज अमेरिका उड्नेछन् ।

फिल्मकर्मीको अपेक्षा अनुरुप यो साता हलमा दर्शकको भिड उर्लन देखिएन । दोस्रो संविधान सभा निर्वाचनको ह्याङ मेट्न दर्शक फिल्म हलमा लामवद्ध हुने धेरैको अपेक्षा थियो । फिल्म `उर्वशी` रिलिज पूर्व यस्तै अनुमान र अपेक्षा गरिएको थियो ।

आउँदो शुक्रबार (मंसिर २१ गते)देखि देशका करिब एक सय पर्दामा छवि ओझा निर्मित फिल्म 'लोफर' सोलो रिलिज हुँदैछ । 'लोफर' रिलिज हुने दिनमा कुनै पनि नेपाली फिल्म रिलिज हुने छैनन् ।

अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)’ यहि मंसिर २६ देखि ३० गतेसम्म प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा चल्ने भएको छ । महोत्सवको उद्घाटन सहारा शर्माद्वारा निर्देशित नेपाली फिक्सन फिल्म ‘इन्द्रेणी खोज्दै जाँदा’ प्रदर्शनीबाट हुनेछ ।

डिसेम्वर फस्टमा एक जमघटका विच अभिनेता बिम्लेश अधिकारीले फिल्मीखबरसँगको कुराकानीमा फिल्म रिलिज नभएसम्म विवाह नै नगर्ने अभिव्यक्ति दिएका छन् ।

कार्यक्रममा सहभागीले चाहिं भन्दै थिए- 'स्लिम भएर पनि के गर्नु ? पहिला जस्तो फिल्ममा व्यस्त हुने हैन क्या रे !' फिल्म 'जनैको साँचो'को सुटिङमा व्यस्त अरूणिमाले सहभागीको कुरा सुनिन् कि सुनिन् ? सुनेको भए अरूणिमा पुनः दुब्लाउँछिन् कि !

