Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18961 - 18966 of 24010
फिल्मीखबर, काठमाण्डौ, 2013-10-05, शनिवार

कार्तिक ८ गते अल नेपाल रिलिज हुने सुदर्शन थापाको पछिल्लो फिल्म मधुमासले प्रचार प्रसारलाई तिव्रता दिएको छ । सस्पेन्स रोमान्टिक श्रेणीको मधुमासको केही साता अगाडी मात्रै गीत र प्रोमो सार्वजनिक गरिएको थियो । मधुमासको रोमान्टिक गीत '...'आँटी सक्योले बजारमा चर्चा पाइरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-05, शनिवार

औपचारिक कार्यक्रममा आफुलाई गलत आक्षेप लगाएको भन्दै निर्देशक समेत रहेकी सम्झना रौनियार उप्रेतीले नेफ्टा र प्राविधिक संघका महासचिव अनन्त तिमल्सिना विरुद्ध मानहानीको मुद्धा दायर गर्ने धम्की दिएपछि संघका अध्यक्ष मनोज केसी र महासचिव तिमल्सिनाले माफी मागेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-05, शनिवार

घटस्थापनाको अवसर पारेर फिल्म 'फ्रेन्डस' (साथी) निर्माणको घोषणा गरिएको छ । सह -निर्देशनमा सक्रिय सजन श्रेष्ठ फ्रेन्डस मार्फत निर्देशक बन्दैछन् । उनले गोर्खा रक्षक, शासन, कसम र काठमाण्डौ गरी करिब एक दर्जन फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-04, शुक्रवार

आमा र छोरा बिचको द्धन्द्धलाई मुख्य रुपमा उठाइएको सामाजिक फिल्म 'कुण्ठा'को प्रोमोश्नल गीत सार्वजनिक गरिएको छ । प्रस्तुत गीतमा किरण माईकलको शब्द, स्वर तथा संगीत रहेको  छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-10-04, शुक्रवार

मलेसियामा आयोजना हुने छैटौं नेफ्टा अवार्डको लागि चलचित्र प्राविधिक संघले टप थ्री नोमिनेशन सार्वजनिक गरिएको छ । ३१ विधामा बाँडिने अवार्डमा उत्कृष्ट ५ मनोनयबाट नेफ्टाले उत्कृष्ट छानेको हो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-10-04, शुक्रवार

फिल्म हेरेपछि पुष्पा राजबल्लवको फ्यान भएकी छिन् । भन्छिन्- 'राजको पर्सनालिटी र अभिनय क्षमता मलाई मन पर्छ ।' राजबल्लवसँगै अभिनेता राजेश हमाल, मौसमी मल्ल, गौरी मल्ल पुष्पालाई मनपर्ने नेपाली कलाकार हुन् ।

Results : 18961 - 18966 of 24010