Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मंसिरमा नजुर्ने भो हिरो हिरोइनको लगन

फिल्मीखबर, काठमाण्डौ, 2013/12/02

लगन जुराएर विवाह गर्नेका लागी मंसिर महिना उचित मानिन्छ । मंसिरमा पञ्चे बाजा घन्काएर होस् या मन्दिरमा सामान्य किसिमले नै किन नहोस्, लगनगाँठो कस्ने बेहुला बेहुली असंख्य हुने गर्दछन् ।

 

अभिनेता राजेश हमालले मंसिरमा नभएपनि यो वर्ष भित्र प्रेमीका मधु भट्टराईसँग लगनगाँठो कस्ने बताउँदै आइरहेका छन् । राजेश निकट स्रोतले बिहे यो वर्षमै हुने बाहेक अरु ताजा जानकारी दिएका छैनन् । त्यस्तै फिल्म 'नोभेम्वर रेन'को सुटिङ मंसिर १६ गते सकाएका अभिनेता आर्यन सिग्देलले भने प्रेमीका सपना भण्डारीसँग दशैं लगत्तै औंठी साटासाट गरे । आर्यनको बिहे प्रेमिका भण्डारीसँग वैशाखमा हुनेछ ।

 

अभिनेताद्धय राजेश र आर्यन बाहेक अन्य सिङ्गल हिरो, हिरोइनको बिहे यो वर्ष नहुने जस्तो देखिएको छ । अविवाहित हिरोको लिस्टमा श्रीकृष्ण श्रेष्ठ, सुमन सिंह, सौगात मल्ल, सविन श्रेष्ठ, किशोर खतिवडा, कर्म, विनय श्रेष्ठ, विल्सन विक्रम राई, रेमनदास श्रेष्ठ छन् । अभिनेत्री श्वेता खड्कासँग नाम जोडिने श्रीकृष्णले बिहेबारे केही बोलेका छैनन् । आफुलाई सिङ्गल दाबी गर्ने सुमनले बिहेबारे अहिल्यै केही नसोचेको बताउँदै आएका छन् ।

 

यो समय काम गर्ने भन्दै सौगात मल्ल बिहे बारेको प्रश्न राख्न नपाउँदै पन्छिने गरेका छन् भने अन्दाज डेव्यु सविन श्रेष्ठले उत्कृष्ट नायकको अवार्ड ग्रहण गरेपछि मात्रै बिहे गर्ने बताउँछन् । सविन इयर होस्टेस नम्रता झासँग इन रिलेसनसिपमा छन् । किशोर खतिवडा, कर्म, विनय श्रेष्ठ, रेमनदास श्रेष्ठ, विल्सन विक्रम राईले बिहे बारे मुख खोलेका छैनन् ।

 

त्यस्तै अविवाहित अभिनेत्रीको लिस्टमा दिपाश्री निर्रौला, नन्दिता केसी, गरिमा पन्त, श्वेता खड्का, नम्रता श्रेष्ठ, निशा अधिकारी, निता ढुङ्गाना, ऋचा शर्मा, केकी अधिकारी, सुमिना घिमिरे, सुस्मा कार्की, रिमा विश्वकर्मा, वेनिशा हमाल, विनिता बराल, अनु शाह, दीया मास्के, सरिता गिरी, नम्रता सापकोटा, अशिष्मा नकर्मी लगायत छन् । सानो पर्दामा कलाकार दिपकराज गिरीको जोडीको भुमिकामा देखिने अभिनेत्री दिपाश्री निर्रौलाले आफ्नो वास्तविक जोडी खोज्ने जिम्मा भने भगवानलाई छोडिदिएकी छिन् ।

 

अभिनेत्रीद्धय नन्दिता केसी र गरिमा पन्तले बिहेको लागी वर नै नपाएको गुनासो पोखेका छन् भने अविवाहित अभिनेता श्रीकृष्ण श्रेष्ठसँग नाम जोडिने श्वेता खड्काले बिहे बारे केही बोलेकी छैनन् । 'मेघा' हिरोइन नम्रता श्रेष्ठले आफ्नो प्रेमीसँग लगनको साइत जुरेपछि विहे गर्ने बताउँदै आएकी छिन् । त्यस्तै निर्देशक निरक पौडेलसँको रिलेसनसिपलाई टुङ्ग्याएकी अभिनेत्री निशा अधिकारी बिहे बारे मौन छिन् ।

 

अभिनेता विनय श्रेष्ठसँगको व्रेकअप पश्चात् अभिनेत्री ऋचा शर्माको बिहे बारे कुनै जानकारी छैन । निता ढुङ्गानाले आफु अझै सानी रहेको बताउँदै बिहे हुन करिब पाँच वर्ष लाग्ने बताएकी छिन् । अभिनेत्री सुमिना घिमिरेले आफु भर्खर प्रेममा पर्न लागेको बताएकी छिन् । केकी अधिकारीले बिहे भाग्यले जुराउने तर्क राखेकी छिन् । भोकलिस्ट निरन श्रेष्ठसँग प्याचअप गरेकी अभिनेत्री सुस्मा कार्कीले बिहे बारे केही बताएकी छैनन् ।

 

अनु शाह, सरित गिरी लगायत हिरोइनको बिहे कहिले हुन्छ ? उनीहरु आफै अनविज्ञ छन् । 'अन्तराल' डेव्यु नम्रता सापकोटाले प्रेमी सार्वजनिक गरे पनि बिहेको मिति भने सार्वजनिक गरेकी छैनन् । अन्तरालकै अर्की हिरोइन अशिष्मा नकर्मीले भने २ वर्षपछि बिहे हुने सम्भावना रहेको संकेत गर्छिन् । पहिलो वैवाहिक सम्बन्धलाई विश्राम दिएका अभिनेत्रीद्धय रेखा थापा र प्रियंका कार्कीले दोस्रो बिहे गर्ने नगर्ने बारे केही बोलेका छैनन् ।