Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18955 - 18960 of 24010
फिल्मीखबर, काठमाण्डौ, 2013-10-06, आईतवार

फुलपाती रिलिज फिल्म काली र दामिनी विवाद उत्कर्षमा पुगेको छ । कालीसँगै असोज २५ गते रिलिज हुने दामिनी फिल्मलाई लक्षित गर्दै निर्माता छविराज ओझाले स्वदेशी फिल्मको प्रदर्शन सहज हुनुपर्ने भन्दै चलचित्र विकास वोर्डमा निवेदन दर्ता गराएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-06, आईतवार

पार्टीले प्रत्यक्ष तर्फको टिकट खोसेपछि क्रुद्ध बनेका भुवन यतिबेला चुप छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-06, आईतवार

निधारमा रातो टिका र पहेंलो जमरा लगाएर विजया दशमीमा एकपटक धर्ती छोड्नु पर्छ भन्ने परम्पराको बिरोधी अभिनेत्री सुमिना घिमिरे होइनन् । मङ्गल धुनबाट दशैंको आएको महसुश गर्ने सुमिनालाई लिङ्गे पिङ खेल्न भने औधी डर लाग्छ रे !

फिल्मीखबर, काठमाण्डौ, 2013-10-06, आईतवार

निर्माता छविराज ओझासँगको १० वर्षे वैवाहिक जीवनलाई विश्राम दिएकी अभिनेत्री रेखा थापालाई अभिनेता किशोर खतिवडाले बेहुली बेनाउने ईच्छा व्यक्त गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-06, आईतवार

'नेपाली फिल्म क्षेत्रको प्रतिनिधित्व गर्ने गरी हामी संविधान सभाको निर्वाचनमा सहभागी हुने गरी फिल्मकर्मीको छुट्टै दल खोल्ने तयारीमा थियौं,' अध्यक्ष नवल खड्काले शुभकामना तथा चियापन कार्यक्रममा भने- 'ठुला दलले नै हाम्रा चर्चित सेलिव्रेटीलाई चुनाव लड्ने टिकट उपलब्ध गराउने पक्क जस्तो देखिएपछि हामी दल खोल्न रोकिएका हौं ।'

फिल्मीखबर, काठमाण्डौ, 2013-10-05, शनिवार

जिन्दाबाद र मुर्दाबादको नारा लगाउने नेताले शनिबार भने 'एक्सन कट' गर्न भ्याए । चर्चित नेता तथा पूर्व मन्त्री प्रदीप नेपालले आज शनिबार 'भाकल' नामक फिल्मको मुहुर्त सटको निर्देशन गर्दै 'एक्सन कट' भनेका हुन् ।

Results : 18955 - 18960 of 24010