Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूरानै बाटोमा `चपली गर्ल`को पाइला

फिल्मीखबर, काठमाण्डौ, 2013/12/03

चपली हाईटबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री बिनिता बराल नाटकमा फर्किएकी छिन् । अभिनेता राजेश हमाल नाटकमा छिरेको केहि दिनमा नै बिनिताले पनि नाटक ज्वाईन गरेकी छिन् ।

 

करियरको शुरूवातमा नाटकमा अभिनय गरेकी बिनिता म्युजिक भिडियो, फिल्म र खेतीपाती हुँदै पुन: नाटक मञ्चनमा देखिन लागेकी हुन् । बिनिताले अभिनय गर्ने निर्देशक डेबोरा मेरोलाको नाटक 'टेलिङ अ टेइल : किचेन ड्रामा' आगामी शुक्रबारदेखि बेलुकी साढे ४ बजे लाजिम्पाटस्थित भिलेज थिएटरमा मञ्चन हुनेछ ।

 

महिला हिंसामा आधारित नाटकमा बिनिताले पीडित युवतीको भूमिका निर्वाह गर्दैछिन् । नाटकमा अभिनेत्री बरालबाहेक राजकुमार पुडासैनी, दिव्य देव, गोपाल अर्याल र संगीता थापालगायतले अभिनय गर्दैछन् । बिनिताले फिल्ममा अभिनय गर्नुअघि नै अनुप बरालसँग नाटक प्रशिक्षण लिएकी थिइन् । उनले उक्त समयमा 'द ग्रेट सर्कस' नामक सडक नाटकमा काम गरेकी थिईन् ।


दुई घन्टा लामो अंग्रेजी भाषाको नाटक विभिन्न १६ भागमा विभाजित गरिएको छ । 'अंग्रेजी भाषामा काम गर्दा अंग्रेजी फिल्ममा अभिनय गरेजस्तो हुने बिनिताले बताईन् । मंसिर २३ सम्म चल्ने नाटक तीन वर्षअघि सार्वजनिक भएको 'टेलिङ अ टेल' नामक पुस्तकबाट प्रभावित छ । अर्चना थापाद्वारा सम्पादित पुस्तकमा नेपाली युवती र महिलाहरुका कथा समावेश गरिएको छ ।