
अन्य निर्देशकको तुलनामा निर्देशक दिनेश डिसी बोल्नमा केही कदम अगाडी छन् । निर्देशक समाजका अध्यक्ष समेत रहेका डिसी प्रायः सार्वजनिक कार्यक्रममा मन्तव्य दिंदा कडा रुपमा प्रस्तुत हुन्छन् ।

अभिनेता भुवन केसीले चुनावी टिकटको पाउन आफुले मरिहत्ते नगरेको बताएका छन् । एमाले पार्टी भित्रबाटै बिरोधका स्वरहरु सुनिएपछि प्रत्यक्ष चुनाव लड्ने टिकट आफुले फिर्ता गरेको दाबी गर्दै अभिनेता भुवन केसीले भने- 'पार्टीको बिरोध र केही प्राविधिक गडबडीले गर्दा मैले प्रत्यक्ष चुनाव लड्ने टिकट पार्टीलाई नै फिर्ता गरेको हुँ ।'

मुम्बईको शहर अनि त्यहाँको भिडभाड । त्यति सहज थिएन त्यो भिड छिचोल्न । निर्देशक आकाश अधिकारीलाई यस्तै हम्मे हम्मे पर्यो मुम्बई शहरमा करिब ३ दर्जन फिल्मकर्मीलाई सम्हाल्न ।

हट गर्ल सुष्मा कार्कीसँग व्रेकअप भैसके पछि केही समय खाली भएका निर्देशक सुदर्शन थापा फेरी अफयेरमा रहेको हल्ला छ ।

कलाकारलाई उपमा दिन फिल्म सम्वद्ध संघ संस्था बिच एक खालको होड बाजी नै देखिएको छ । नेफ्टा फिल्म अवार्डले राजेश हमालालाई महानायकको उपाधी दियो । रियल लाइफ नै रोमान्टिक हुने भुवन केसीले पनि केही समय अघि रोमान्स किङ्को उपमा पाए । गएको साता कलाकार तथा निर्देशक निर शाहले पनि एउटा उपमा पाए, `अभिनय शिरोमणी` ।

प्रायः युवतीहरु आफ्नो उमेर गोप्य राख्न चाहन्छन् । यसमा पनि महिला कलाकारहरु आफ्नो उमेर खुल्ने कुरामा बढी नै सजग हुने गरेको पाइन्छ । तपाई कति वर्ष पुग्नु भयो ? भन्ने प्रश्न गर्न नपाउँदै उनीहरुको उत्तर आईहाल्छ, स्विट १६ ।

